×

लुम्बिनीको १३४ रनको स्कोर—फाइनल पुगेकाे टिकटका लागि विराटनगरको कडा परीक्षा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन जोड्यो।

लुम्बिनीका ओपनर डार्शी सर्टले टोलीका लागि सबैभन्दा बढी ४५ रन बटुले। ४१ बलको आफ्नो इनिङमा उनले ३ चौका र १ छक्का प्रहार गरे। उनी र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी निर्माण गरे। रोहितले ३० बलमा ३४ रन जोडे।

विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा २९ रनको योगदान दिए। तर मध्यम तथा अन्तिम क्रमले भने अपेक्षित प्रदर्शन गर्न सकेन। सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट भए भने दिलीपन नाथ १ रनमै पवेलियन फर्किए।

पहिलो १० ओभरमा ६९/१ को राम्रो सुरुवात मिले पनि लुम्बिनीको दोस्रो पारी कमजोर रह्यो। अन्तिम १० ओभरमा ६५ रन जोड्दा ७ विकेट गुमाउनुपर्‍यो।

विराटनगरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सुभाष भण्डारीले ४ ओभरमा ३ विकेटसहित केवल १६ रन दिए। प्रतिश जिसीले पनि ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट निकाले।

आजको खेलको विजेता सिधै फाइनल पुग्नेछ र उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x