×

बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थामा रास्वपाको प्यानल विजयी

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

२९ कात्तिक, बुटवल । मोतिपुर–सेमलार खानेपानी उपभोक्ता संस्थामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित समूहले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पछाडि पार्दै जित हासिल गरेको छ।

शुक्रबार राति सार्वजनिक परिणामअनुसार १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्य बाहेक अन्य सबै पदमा रास्वपा प्यानल सफल भएको छ।

वडा नं. १४, १५ र १९ क्षेत्रका १७ सय उपभोक्ता रहेको संस्थामा १० धारा बराबर एक परिषद् सदस्यका दरले १७१ मतदाताले मतदान गरेका थिए। समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार अध्यक्षतर्फ रास्वपाका कृष्ण थापा ८८ मतसहित निर्वाचित भएका छन् भने प्रतिस्पर्धी पक्षबाट कांग्रेसका नरबहादुर मल्ल ७५ मतमा रोकिएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष गंगाबहादुर पौडेल, उपाध्यक्ष शंकर पौडेल, सचिव मधुप्रसाद घिमिरे, कोषाध्यक्ष छत्रबहादुर खत्री र सहसचिव पृथबहादुर थापा छन्। महिला सदस्यमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यतर्फ राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भएका छन्। गोलाप्रथाबाट लिलाधर दंगोरिया थारु पनि सदस्य बनेका छन्।

आन्तरिक लेखा समितिमा संयोजक विष्णुप्रसाद पाण्डे र सदस्य लक्ष्मण सेन चयन भएका छन् भने महिला सदस्यतर्फ सरस्वती बुढा गोलाबाट निर्वाचित भएकी छन्।

सचिव घिमिरेका अनुसार उपभोक्ता संस्थामा सबै दलको सहमति हुने प्रस्ताव राख्दा आफूहरूलाई ‘साना दल’ भन्दै बेवास्ता गरिएकोले प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। उनका अनुसार जितको आधार परिवर्तन चाहने मतदाताको समर्थन हो।

यसअघि नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस–एमाले गठबन्धनसँग कडा प्रतिस्पर्धा गरेको थियो, जहाँ उनीहरू ५७ मतले पछि परेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.