×

कांग्रेस महामन्त्रीद्वयको अठोट: महाधिवेशन मुद्दा निर्णायक तहमा पुर्‍याउने

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

२८ कात्तिक, काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविश्वप्रकाश शर्माले विगतमा पार्टी एजेन्डा बीचमै छोड्नु परेको स्वीकार गर्दै, यसपटक उठाएको मुद्दालाई निर्णायक तहमा पुर्‍याउने अठोट व्यक्त गरेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयले विगतका गल्ती स्वीकार्दै, महाधिवेशनका एजेन्डालाई निर्णायक रूपमा अघि बढाउने दाबी गरेका छन्। थापाले विगतमा १८ वटा मुद्दामा आफ्नो धारणा राखे पनि अन्तिम निर्णय बहुमतको निर्णयअनुसार स्वीकार्नु परेको उल्लेख गरे। उनले आफ्नो कमजोरी स्वीकार्दै अब विगत जस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

महामन्त्री शर्मा भने, वर्तमान परिस्थितिमा अघिल्लो मनस्थिति अनुसार नभई, पछिल्लो परिस्थिति अनुसार सोच्नुपर्ने आवश्यकता औंल्याए। उनले महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ ऊर्जा र नयाँ दृष्टि ल्याउनुपर्नेमा जोड दिए।

महामन्त्रीद्वयले १६–१९ मंसिरमा नियमित महाधिवेशन हुन नसके २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्नेमा अडिग रहे। शर्मा अनुसार, विधानको दफा १७ (२) अनुसार विशेष महाधिवेशन लिखित प्रस्ताव दर्ता भएको ९० दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ।

थापाले अधिवेशनबाट पार्टीलाई नयाँ पेसिलो बनाउने, नयाँ पुस्ताको माग अनुसार परिवर्तन ल्याउने र स्मरणीय निर्णयमार्फत आगामी निर्वाचनमा पार्टीको बलियो उपस्थिती सुनिश्चित गर्ने लक्ष्य राखेको बताए। उनले निर्वाचन अघि गठबन्धन नगर्ने सन्देश पनि दिए।

महामन्त्री शर्माले विगतका गल्तीहरू पहिचान गरेर, आत्मालोचना र सुधारको माध्यमबाट पार्टीलाई नवीन ऊर्जा र विश्वाससहित अगाडि बढाउनुपर्ने बताए।

असोज २८ मा सुरु भएको कार्यसमिति बैठकमा बिहीबार नेताहरूको धारणा राख्ने प्रक्रिया सकिएको छ। पार्टीले विवाद समाधान र निर्णय सुनिश्चित गर्न शनिबार दिउँसो २ बजे अर्को बैठक बोलाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.