×

ज्ञान प्रकाश माध्यमिक विद्यालयको नाममा किर्ते खाता सञ्चालन, करिब पाँच लाख हिनामिना भएको खुलासा

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

काठमाडौँ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थित श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय, घोराखेरीको नाममा किर्ते बैंक खाता सञ्चालन गरी करिब पाँच लाख रुपैयाँ निकासी गरिएको घटना सार्वजनिक भएको छ।

खाताका सह–सञ्चालक घनश्याम कार्कीले बैंकबाट रकम आफूले नै निकालेको स्वीकार गरेका छन्। उनका अनुसार विद्यालयलाई तत्काल रकम आवश्यक परेको भन्दै खड्गबहादुर कार्कीले पैसा निकाल्न आग्रह गरेका थिए। “म शिक्षक भएकाले पैसा निकाल्न सजिलो हुने भन्दै खाता खोल्न लगाइएको थियो,” उनले बताएका छन्।

घनश्यामका भनाइमा, बैंकबाट रकम निकालेर आफूले व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर कार्की र सदस्य सुरेश थापाको उपस्थितिमा रकम बुझाएको हुन्। तर, सुरेश थापाले भने उक्त विषयबारे आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएका छन्।

कार्कीले थपे, “मसँग खाता खोल्ने वा नक्कली छाप बनाउने कुनै भूमिका छैन। केवल पैसा निकाल्न आदेश दिएकाले निकालेको मात्र हुँ।” उनी हाल एकता प्राथमिक विद्यालय (चम्पादेवी–६) का प्रधानाध्यापक हुन्।

स्थानीय स्रोतका अनुसार किर्ते खाता सञ्चालनमा संलग्न व्यक्तिहरूमध्ये खड्गबहादुर कार्की गत स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थिए भने अर्का खाता सञ्चालक शङ्कर कार्की एमालेका केन्द्रीय लेखा आयोग सदस्य हुन्। स्रोतको दाबीअनुसार किर्ते कार्यमा संलग्न अधिकांश व्यक्ति एमालेसँग आबद्ध छन्।

विद्यालय विकासका लागि देश–विदेशबाट उठाइएको रकम हिनामिना गरिएको आशंका स्थानीयले अघि सारेपछि घटना बाहिर आएको हो। विद्यालयका प्रधानाध्यापक काशिराम कार्कीले यसअघि नै विद्यालयको नाममा किर्ते खाता खोलिएको पुष्टि गरिसकेका छन्।

उनका अनुसार विद्यालयको नाममा खोलिएका तीनवटा खाता भेटिएका छन् —
१. राष्ट्रिय वाणिज्य बैंक, ओखलढुंगा शाखा (सञ्चालक लिला कटवाल र शङ्कर कार्की),
२. राष्ट्रिय वाणिज्य बैंक, सानोठिमी शाखा (सञ्चालक घनश्याम कार्की र सोमप्रसाद लुइँटेल),
३. अर्को सानोठिमी शाखा (सञ्चालक लिला बहादुर कटवाल र तिलक बहादुर कार्की)।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको पत्रपछि बैंकसँग विवरण बुझ्दा यी खाताहरू विद्यालयकै नाममा किर्ते रूपमा खोलिएको प्रमाण फेला परेको विद्यालय स्रोतले जनाएको छ।

घटनापछि चम्पादेवी गाउँपालिका कार्यालयले विद्यालयसँग सम्पूर्ण खाता विवरण र कागजात माग गरेको बताइएको छ। यस विषयमा थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको गाउँपालिका स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.