×

जेनजी प्रदर्शनपछिको हिंसा : ‘टीओबी’ समूहदेखि हतियार लुटपाटसम्म प्रहरीको अनुसन्धान तीव्र

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि काठमाडौँसहित विभिन्न जिल्लामा भएको उच्छृङ्खल गतिविधिपछि प्रहरीले देशभरबाट सयौं अभियुक्तलाई पक्राउ गरेको छ । आन्दोलनका नाममा हिंसात्मक कार्य, आगजनी, तोडफोड र प्रहरीमाथि आक्रमणमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

काठमाडौँमा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर प्रदर्शनमा सहभागी भएका तेन्जिङ दावा लामालाई असोज २६ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । लामा समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजार क्षेत्रमा भिडलाई उत्तेजित पारेको भिडियो प्रमाण फेला परेको छ । प्रहरीले लामाको नागरिकता र पहिचानबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार लामाले महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको देखिए पनि सो मितिमा शनिबार परेको कारण दर्ताको वैधानिकता शंकास्पद रहेको बताइएको छ । उनले ‘टीओबी बाइकर्स’ नामक समूहमा आबद्ध रही आफू तिब्बतियन मूलको नेपाली भएको बयान दिएका छन् ।

यसैबीच, बुढानीलकण्ठस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति र शङ्ख चोरीको आरोपमा विजय लामालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका–६ टाँडीका लामा भदौ २४ गतेको घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको हो । उनको डेराबाट बुद्ध र गणेशका मूर्ति तथा शङ्ख बरामद गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज र कोटेश्वरमा प्रहरीमाथि आक्रमण हुँदा तीन प्रहरीको ज्यान गएको थियो । ती घटनामा संलग्न १० जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । महाराजगञ्जमा प्रहरीमाथि कुटपिट र हत्या गरेको आरोपमा गोरखा, तनहुँ, सर्लाही र रामेछापका पाँच युवालाई पक्राउ गरिएको हो । उनीहरूबाहेक चारजना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

कोटेश्वरमा प्रहरी हत्या प्रकरणमा कैलालीका १९ वर्षीय अनुपम भण्डारी पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भदौ २३ र २४ का घटनापछि देशभरबाट हालसम्म ३३५ जना पक्राउ परेका छन् । “२० जिल्लाबाट आरोपीहरू पक्राउ परेका छन्, आगजनी र हत्यासम्बन्धी मुद्दा प्राथमिकताका साथ अनुसन्धान भइरहेको छ,” उनले बताए ।

काठमाडौं उपत्यकामा मात्रै १३० जना पक्राउ परेका छन् । तीमध्ये ७० जनालाई हाजिर जमानीमा रिहा गरिएको र बाँकी ५४ जना हिरासतमा रहेको जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

प्रहरीले काठमाडौंबाट मात्रै लुटिएका २३ थान हतियार फिर्ता पारेको र हतियार लुटपाटमा संलग्न २३ जना पक्राउ गरिएको जनाएको छ । साथै, ७४ जना फरार कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको छ ।

अहिले पक्राउ परेकाहरू विरुद्ध प्रहरीले आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐनअन्तर्गतका ६ मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.