काठमाडौं । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ ।
वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।
उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले सम्पूर्ण शरीरको जाँच गर्छ, कुनै रोगको लक्षण भेटिए थप उपचारका लागि सिफारिस गरिन्छ,’ उनले भने ।
सो सेवा लिने मानिसको चाप चिकित्सालयमा बढेको उनले जानकारी दिए । सो सेवा लिनको लागि रामेछाप जिल्लाका मात्र नभएर सिन्धुली, दोलखा र ओखलढुङ्गासम्मका मानिसहरु आउने गरेको कार्कीले बताए ।
चिकित्सालयका ल्याब असिस्टेन्ट सुमन चापागाईँका अनुसार चिकित्सालयको ल्याबमा रगत, दिशा र पिसाबको माध्यमबाट पहिचान गर्न सकिने रोगहरूको परीक्षण गरिन्छ ।
‘ब्लड सुगर, युरिया, क्रियाटिनिन, बिलिरुबिन, एसजिपिटी, एएलपी, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, एचडिएल, सिबिसी, हेमोग्लोबिन, ईएसआर र युरिन प्रोटिनलगायत १५ भन्दा बढी प्रकारका जाँच हुन्छ’ उनले भने ।
यी परीक्षणहरूले शरीरभित्रका प्रमुख अङ्गहरूको कार्यक्षमता बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने चिकित्सालयकी डाक्टर सविता भण्डारीले बताइन् ।
उनका अनुसार रगत परीक्षणबाट रक्तचाप, मधुमेह, मिर्गौला, कलेजो र मुटुका रोगहरूको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ । साथै रगतमा चिनी, बोसो, अक्सिजन, रातो र सेतो रक्तकोषहरूको सन्तुलन तथा पित्तथैलीको अवस्था, पिसाबमा प्रोटिनको मात्रा पनि बुझ्न सकिन्छ ।
सोमबारका निःशुल्क सेवा बाहेक अन्य दिनहरूमा पनि चिकित्सालयले विभिन्न स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
यसअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा, बहिरङ्ग (ओपीडी) सेवा, अकुपञ्चर, पूर्वकर्म र पञ्चकर्म उपचार, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रमलगायतका सेवा पनि उपलब्ध छन् । साथै आवश्यक औषधिहरू निःशुल्क वा सशुल्क वितरण गरिँदै आएको चिकित्सालयले जनाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.