काठमाडौं । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् ।
प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।
मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले वडाध्यक्ष विनेश कुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको अगाडिको दुईवटा दाँच भाँचिएको छ। प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।
प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ ।
कारिल यादवलाई कुटपीट गर्ने ठेकेदार अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । कारिल यादव कुटिएको विषयमा प्रहरी चौकीमा पंचायती (छलफल) हुँदै आएको थियो ।
प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार ‘दुई पक्षबीचको विवाद मिलाउन वडाध्यक्ष चौकीमा पुगेका थिए। दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खडकाले फोन गरेर अध्यक्ष दासलाई चौकीमा बिबाद भईरहेको र त्यहाँ गएर बिबाद साम्य गर्न भनेका थिए। त्यसपछि वडाध्यक्ष दास प्रहरी चौकी गोडैतामा पुगेका थिए ।’
गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले पनि सोहि कुरालाई उल्लेख गर्दै, ‘यसमा वडाध्यक्षको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ, प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित नभएको बताएका छन् ।’ उनले भने ‘विवाद भएपछी विवाद मिलाउन बोलाएर उनि त्यहाँ पुगेको भिडियो खिचेर दोषी देकाउन खोजिएको छ ।’
घटनास्थलमा वडाध्यक्ष दास पुग्नु अघि देखि नै ढुंगामुढा भईरहेको थियो, त्यसपछि त्यहाँ उनि पुगेपछि प्रहरीले भिडियो खिचेको थियो। पछि सोही भिडियोका केही अंशलाई आधार बनाएर वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा भएको भन्दै उनीमाथि आरोप लगाइएको एक प्रत्यक्षदर्शी स्थानीयको दाबी छ ।
वडाध्यक्षको पक्राउ विरुद्ध बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयले बजार बन्द गर्दै प्रहरीको कारबाहीको माग र वडाध्यक्षको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग गरेका छन्।
डिएसपी राईका अनुसार वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा र प्रहरी कुटपिट भएको खुलेको छ । तर, स्थानीयले भने प्रहरीकै बयान एक पक्षीय रहेको र अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.