काठमाडौं । हिन्दुहरुकोृ महान पर्व वडादशैंले व्यस्त बनाइरहेका बेला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरु भने अस्पतालका बेडदेखि घरको ओछ्यानमा छटपटाइरहेका छन् ।
काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल मिनभवन लगायतका अस्पतालमा घाइतेहरु उपचार गराइरहेका छन् ।
केपी शर्मा ओली नेतृत्वको वहुमतको सरकार विस्थापित गरेर जेनजी आन्दोलनकै कारण बनेको अन्तरिम सरकारको कदमप्रति पनि घाइतेहरु सन्तुष्ट छैनन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्नेक्रममा घाइतेहरुले अन्तरिम सरकारको गतिविधि सहिद र घाइतेहरुप्रति इमान्दार नबनेको बताए । भदौ २३ गतेको आन्दोलनका क्रममा वानेश्वर संसद भवन अगाडि प्रहरीको गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका सिन्धुपाल्चोक जलविरेका अभिषेक श्रेष्ठ अन्तरिम सरकारले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न नसकेको आक्रोश व्यक्त गर्छन् ।
‘जेनजी आन्दोलन हुनुको कारण दमन र शोषण विरुद्ध थियो । केपी ओली सरकार कुनैपनि कानुन र मानवअधिकार अनुसार चलेको थिएन् । सरकार भ्रष्ट थियो, कुशासनमा व्यस्त थियो । अहिले अन्तरिम सरकार हाम्रै आन्दोलनका कारण बन्यो । तर कार्यशैली सन्तोषजनक छैन् । कानुन र नियम छैन भनेर पन्छिन खोज्दैछ । कानुन परिपस्थिति चलाउने हो, हाम्रो आन्दोलन नयाँ नेपाल बनाउनु थियो । सरकार हामीले सोचेअनुसार पनि बनेन्, जेनजी प्रतिनिधित्व नै छैन् । अनि उनीहरुले हाम्रो भावना अनुसार काम गरिरहेका छैनन्,’ उनले अगाडि भने,‘मंैले बनाएका केही एजेन्डामा मन्त्रिमण्डलमा तीन वा चार जना जेनजी पुस्ता अनिवार्य सहभागिता हुनुपर्ने थियो त्यो देखिएन् । तर अब हामी यत्तिकै छाड्नेवाला छैनौं ।’
श्रेष्ठले अन्तरिम सरकारले पनि जेनजी भावना र म्यान्डेट अनुसार काम गर्न सकेन भने चाँडै सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए । ‘जेनजी आन्दोलनको लिडर भएन भनेर कसैले कमजोर नठान्नुहोला । हामीले जे कुरा परिवर्तन गर्न सुरु गरेका थियौं, त्यो पूरा गराएर छाड्छौं । २३ सय जना घाइते भएका छन् र मृतकको संख्या ७८ पुगिसकेको छ । यसलाई कमजोर नठाने हुन्छ,’ उनले अगाडि भने,‘यतिबेला देशमा दशैं होइन दशा छ । दशैं मान्ने वा नमान्ने आफ्नो कुरा हो, म चाडपर्वलाई मैंले दशाका रुपमा लिएको छु । आन्दोलनमा गोली लागेर चिच्याइरहेकाहरुको आवाज मैंले प्रत्यक्ष सुनेको छु, अब फेरि आन्दोलनमा उत्रिनुपर्यो भने त्यसले परिवर्तन ल्याएरै छाड्छौं । गोलीले कोही डराउनेवाला छैनौं । गोलीले कमजोर भएको छ भनेर नठान्नुहोला । यो घट्नाले आत्मबल बढेको छ, कमजोर भएका छैनौं । यो सरकारले काम गरोस, ताकि हामी आफैं सडकमा उत्रिएर अन्तरिम सरकार ढाल्नुनपरोस,’ उनले चेतावनीको भाषामा भने ।
वानेश्वर संसद भवन अगाडि आन्दोलनकै क्रममा फिलामा गोली लागेर ट्रमा सेन्टरमा उपचार गराइरहेका दाङ तुल्सीपुरका सुरेश पोखरेल पनि अन्तरिम सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।
‘अन्तरिम सरकार हाम्रो समर्थनले बनेको हो । हाम्रो खुनमा टेकेर बनेको सरकारले पनि विभिन्न कानुन र नियमले काम गर्न दिएन भनेर पन्छिनुभइरहेको छ । यस्तो कामले सन्तुष्ट दिएको छैन् । अस्पतालको वेडमा आएर सहानुभूति दिएर देश परिवर्तन हुँदैन् । अन्तरिम सरकारपनि पुरानै बाटोमा हिडेजस्तो लागिरहेको छ,’ उनले अगाडि भने,‘जेनजी आन्दोलनका अगुवाहरु पनि स्वार्थमा केन्द्रीत भएकाले माग सम्बोधन गर्न नसकेको हो कि जस्तो लागिरहेको छ । हामी निको भएर फर्किन समय लाग्ला तर अरु साथीहरु एकजुट हुनैपर्छ । जेनजी आन्दोलनका घाइतेहरुका लागि बनाइएको कार्डले सबै कुरा समाधान हुँदैन्, त्यो त सहानुभूति मात्र हो । सहानुभूतिले देशमा परिवर्तन हुँदैन् ।’
उनले दशैंका बेला आफूहरु अस्पतालको बेडमा भएपनि जोकोही जेनजी पुस्ता र समग्र नेपाली हिम्मत नहार्न सुझाव पनि दिए । ट्रमा सेन्टरमा करिब १४ जना घाइतेहरु उपचार गराइरहेका छन् ।
घाइतेहरुको उपचारमा सहजीकरण गरिरहेका आन्दोलनकारी मध्येकै डा.जगत विक सरकारले सोचे अनुसार काम गर्नै नसकेको बताउँछन् । सरकारले आन्दोलनका घाइते र शहीद परिवारप्रति गरेको व्यवहारप्रति कडा आपत्ति समेत जनाए ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले सरकारले ‘आँखामा धुलो हाल्ने’ मात्रै काम गरेको आरोप लगाए ।
‘सरकारले आखाँमा धुलो हाल्ने काम मात्रै गरिरहेको छ । यत्रो समयसम्म सरकारबाट घाइतेहरूलाई जम्मा २० हजार रुपैयाँ दिएको छ । औषधि उपचारमै त्योभन्दा बढी खर्चिन्छ,’ डा. विकले भने । उनले यस्तो राहत रकमलाई अपमानजनक भन्दै सरकारलाई लाज हुनुपर्ने बताए ।
डा. विकले नेताहरुको उपचारमा करोडौं रुपैयाँ खर्च हुने तर जेनजी आन्दोलनका योद्धाहरुको स्वास्थ्यको ख्याल नगरिएकोप्रति आक्रोश व्यक्त गरे ।
‘एउटा नेतालाई हाछ्यु आए पनि दिल्ली जान्छन् । करौडौं खर्चिन्छ । हाम्रा योद्धाहरुका लागि भने २० हजार ?’ उनले प्रश्न गरे ।
उनले सरकारमा देखिएको असक्षमता र अपूर्ण क्याबिनेटबारे पनि प्रश्न उठाए । ‘जो सरकारमा मान्छे पठाइरहेका छन्, उनीहरूमध्ये धेरै नक्कली जेनजी हुन् । उनीहरूले सक्षम मान्छेलाई अघि बढ्न दिइरहेका छैनन्,’ उनले भने ।
डा. विकका अनुसार, उनलाई आन्दोलनका मृतक परिवारले स्वास्थ्य मन्त्रीको लागि सिफारिस गरेका थिए । तर केही व्यक्तिहरूले मृतक परिवारलाई धम्क्याउँदै पैसा चाहियो कि मन्त्री भनेर दबाब दिएको दाबी गरेका छन् ।
उनले भने, ‘स्वास्थ्य मन्त्रीमा मेरो नाम पनि जेनजीको मृतक परिवारबाटै सिफारिस भएको थियो तर मृतक परिवारलाई तिमीहरुलाई पैसा चाहियो की मन्त्री चाहियो भनेर धम्काउनुभयो तर अहिले पनि धम्क्याई रहनु भएको छ । यस्तो अवस्थामा बोल्ने स्थिति छैन मृतक परिवारको पनि ।’
सुदन गुरुङ समूहको धम्की !
जेनेजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू र केही घाइतेहरुका तर्फबाट अन्तरिम सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका कैलालीको लम्किचुहा नगरपालिका–६, चैनपुर निवासी २७ वर्षीय डा.जगत विकलाई ‘हामी नेपाल’का अगुवा सुदन गुरुङका मान्छेहरुले धम्की दिएको दाबी समेत गरेका छन् ।
जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारको पक्षमा समन्वय गरिरहेका डा. विकले आन्दोलनका नाममा केही व्यक्तिहरूले गलत तरिकाले आफूलाई ‘जेनजी’ भनेर प्रस्तुत गरिरहेको पनि बताए ।
उनले सरकारमा देखिएको असक्षमता र अपूर्ण क्याबिनेटबारे पनि प्रश्न उठाए । ‘जो सरकारमा मान्छे पठाइरहेका छन्, उनीहरूमध्ये धेरै नक्कली जेनजी हुन् । उनीहरूले सक्षम मान्छेलाई अघि बढ्न दिइरहेका छैनन्,’ उनले भने ।
डा. विकका अनुसार, उनलाई आन्दोलनका मृतक परिवारले स्वास्थ्यमन्त्रीको लागि सिफारिस गरेका थिए । तर केही व्यक्तिहरूले मृतक परिवारलाई धम्क्याउँदै पैसा चाहियो कि मन्त्री भनेर दबाब दिएको दाबी गरेका छन् ।
उनले भने, ‘स्वास्थ्य मन्त्रीमा मेरो नाम पनि जेनजीको मृतक परिवारबाटै सिफारिस भएको थियो तर मृतक परिवारलाई तिमीहरुलाई पैसा चाहियो की मन्त्री चाहियो भनेर धम्काउनुभयो तर अहिले पनि धम्क्याई रहनुभएको छ । यस्तो अवस्थामा बोल्ने स्थिती छैन मृतक परिवारको पनि ।’
नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. विकले सुदन गुरुङ र अनिल बानियाँको समूहप्रति इशारा गर्दै ती व्यक्तिहरूले आफूलाई धम्क्याएको बताए ।
‘म जेनजीको समन्वय गरिरहेको छु, तर दुई–चार जना आफूलाई जेनजी भन्नेहरूले मलाई धम्क्याए । अनिल बानियाँ भन्ने सुदन गुरुङको मान्छे हुन्जस्तो लाग्छ । उनले सिधै आएर भने, ‘त हिरो बन्ने? स्वास्थ्यमन्त्री बन्ने हामी हो, हामी जेनजी हो,’ भन्दै धम्क्याए,’ डा. विकले भने ।
उनले सुदन गुरुङको पात्रलाई लिएर प्रश्न उठाउँदै भने, ‘सुदन गुरुङ कसरी जेनजी हो ? न त उसमा बोल्ने क्वालिटी छ, न त एजेन्डा के हो भन्ने थाहा छ । यस्तो मान्छे जेनजी कसरी हुन सक्छ ?’
डा. विकले जेनजी आन्दोलनको भावना र बलिदानीमाथि यस्ता व्यक्तिहरूले राजनीतिक खेल खेलिरहेका बताए । डा. विकले यथार्थ जेनजीहरू अझै सार्वजनिक रुपमा नआएको पनि बताएका छन् । ‘रियल जेनजी अझै बाहिर आएका छैनन्,’ उनले भने ।
डा.विकलाई ‘जेनजी प्रोटेस्ट मृतक तथा पीडित परिवार संघर्ष समिति नेपाल’ले स्वास्थ्यमन्त्रीका रुपमा नाम प्रस्ताव गरेको थियो । कमल सुवेदी संयोजक रहेको उक्त समितिमा वहुसंख्यक मृतक र घाइते परिवारहरु सदस्य छन् । संयोजक सुवेदीले डा.विकलाई स्वास्त्य मन्त्री बनाउन दबाब दिंदै आएका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.