काठमाडौं । नेपालमा धार्मिक दृष्टिकोणले समाजको इतिहास हेर्दा हिन्दु र बौद्ध समाज प्रमुख रहेको छ । यद्यपि पछिल्लो समयमा मुसलमान समाज र अन्य धर्मसमुदाय पनि विकसित भएका छन् ।
तर काठमाडौं उपत्यकाको सामाजिक र सांस्कृतिक अध्ययन गर्दा मुख्य रूपमा नेवार हिन्दु समाज र नेवार बौद्ध समाजलाई ध्यान दिनुपर्दछ । प्राडा नरेशमान बज्राचार्यका अनुसार यी दुवै नेवार समाजले आफ्नो विशेष सांस्कृतिक र धार्मिक अभ्यासका माध्यमबाट असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन लामो पर्व मनाउने गर्छन् । स्थानीय भाषामा यस पर्वलाई ‘मोहनी’ भनिन्छ ।
मोहनी पर्व र दशैंबीच समानता र भिन्नतालाई बुझ्न आवश्यक रहेको बज्राचार्यले बताए । कतिपयले मोहनीलाई दशैंको समकक्षी वा नेपाली हिन्दु समुदायको दशैंसँग तुलना गर्ने गर्छन् । प्राडा बज्राचार्यले भने, ‘दशैं र मोहनी एउटै समयमा मनाइए पनि दुवै फरक परम्परा हो । यस पर्वको प्रारम्भ घटस्थापनाबाट होइन, जमरा रोपेर हुने परम्परा छ । स्थानीय भाषामा यसलाई ‘न्हला स्वाम्पीय’ भनिन्छ, जसको अर्थ जौं रोपेर उमार्ने भन्ने हुन्छ ।’
उल्लेखनीय कुरा के भने नेवार समुदायले कहिल्यै पनि घटस्थापना भन्ने शब्दको प्रयोग नगरेको बज्रचार्यले बताए । जमरा रोप्ने परम्परा भए पनि गाग्रो राखेर पूजा गर्ने चलन नभएको उनको भनाई छ । यसरी जमरामा हरेक दिन पानी छर्किने, मलजल गर्ने, र उचित रूपमा उमार्ने काम गरिन्छ । द्वितीयादेखि सप्तमीसम्म विशेष पूजा वा मन्दिर यात्रा गरिने परम्परा छैन् ।
असोज शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा रोपेर मोहनीको सुरुवात हुन्छ । जमरा रोप्नेलाई आ–आफ्नो स्थानीय भाषामा ‘न्हला स्वाम्पीय’ पनि भन्दछन यो भनेको जौ रोपेर उमार्ने हो ।
बज्राचार्यका अनुसार मोहनी पर्वको आठौं दिन अष्टमीलाई स्थानीय भाषामा ‘कुँछी भ्वय’ भनिन्छ । ‘कुछी भ्वय’ शब्दका दुई व्याख्या छन् । पहिलो व्याख्याअनुसार कुछीको अर्थ ‘दुई माना’ हो, जसमा दुई मानाको भाँडाबाट चामल नापेर ठुलो भोज गर्ने प्रचलन छ । दोस्रो व्याख्याअनुसार, कुलछी भनेको परिवारका सबै दाजुभाइ, दिदीबहिनी, र कुलका मान्छेहरू क्रमशः बसेर खाने भोज हो । व्यवहारमा दुवै परम्परा आज पनि पालना गरिन्छ । यद्यपि आजकाल परिवारको मुख्य सदस्यलाई मात्र यस भोजमा राख्ने चलन बढेको छ ।
नवमीको दिनलाई ‘सोने’ भनिन्छ र यस दिन देवी–देवता मात्र नभई घरमा रहेका औजार, खड्ग, चामल, अन्न आदि सामग्रीको पूजा गरिन्छ । नवमीको दिन विसर्जन गर्ने परम्परा छैन।’ उनले भने । ‘दशमीको दिन बिहान फेरि पूजा गरेर पर्वको समापन गरिन्छ । यसरी मोहनी पर्वमा धार्मिक पूजाआजा, सामूहिक भोज, र सांस्कृतिक अभ्यास समन्वित रूपमा हुन्छ ।’
नेवार समाजमा दशैं जस्तो ठूला पीठमा भिडभाड गर्ने चलन कम रहेको उनले बताए । उनका अनुसार प्रायः सबैले नजिकको पीठ वा घरमा इष्टदेवताको पूजा गर्ने गर्छन् । हिन्दु नेवारहरूले आफ्नो परिवारको इष्टदेवताको पूजा गर्ने प्रचलन छ भने बौद्ध नेवारहरूले तान्त्रिक विधिबाट आफ्नो इष्टदेवताको पूजा गर्ने गर्छन् । गुरु वर्ग (जस्तै शाक्य, वज्राचार्य) ले लामो विधि विधानअनुसार पूजा गर्छन् । अनुयायीहरूले गुरु वा पुरोहितलाई बोलाएर पूजा गर्ने प्रचलन भए पनि अधिकांश घरमा घरमुखी पुरुष वा महिलाले नै पूजा सञ्चालन गर्छन् ।
नेवार समाजमा धार्मिक अभ्यास र सांस्कृतिक परम्परामा मासु, माछा, जाँड–रक्सीको प्रयोग सामान्य छ । यसमा मुख्य उद्देश्य पेट भर्नु मात्र होइन, सांकेतिक र धार्मिक अर्थ पनि रहेको प्राडा बज्राचार्यले बताए । तर शिक्षा र जनचेतनाको विकाससँगै यस्ता अभ्यासहरूमा सचेतनता आएको छ र अनावश्यक बलि दिने चलन घट्दै गएको छ ।
नेवार समाजको सांस्कृतिक संरचनालाई धर्मभन्दा अलग रहेर हेर्नुपर्ने बज्राचार्यको तर्क छ । ‘नेवा संस्कृति’ धार्मिक नभए पनि हिन्दु वा बौद्ध परम्परासँग समेटिएको उनले बताए । यस संस्कृति भित्र पर्व, भोज, र सामाजिक अभ्यास समाहित छन् । भोजमा मासु, माछा, र विभिन्न परिकार चल्ने प्रचलनको उदाहरण दिंदै उनले धार्मिक पूजाआजा गर्दा केही परिकार, जाँड, वा मांसाहार प्रयोग गर्ने चलन पनि सांकेतिक अर्थ बोकेको बताए ।
प्राडा बज्राचार्यले पुराना समयका तुलनामा बौद्ध समाजमा बलि दिने चलनको उल्लेख गरे । पहिले कतिपय बौद्ध परिवारमा अज्ञानतावश बलि दिने चलन थियो । यद्यपि आधुनिक शिक्षा र जनचेतनाका कारण यो चलन अब धेरै घटिसकेको छ । गुरु वर्गले तन्त्र विधि अनुसार पूजा गर्ने गर्छन्, जबकि सामान्य अनुयायीहरू घरकै रूपमा पूजा गर्छन् ।
बज्राचार्यका अनुसार नेवार समाजको परम्परागत पूजा तन्त्रमा पञ्चमकारको शब्द प्रयोग हुन्छ । तर बौद्ध तन्त्रमा यस्तो शब्द हुँदैन । यसरी देख्दा धार्मिक परम्परामा अन्तर भए पनि सांस्कृतिक अभ्यासमा मासु, माछा, र जाँड–रक्सीको प्रयोग समान देखिन्छ । यो प्रयोग सामाजिक वा सांकेतिक उद्देश्यका लागि गरिएको हुन्छ ।
प्राडा बज्राचार्यले यस पर्वको ऐतिहासिक विकास र सामाजिक अर्थमा प्रकाश पार्दै भने,‘नेवार समाज परम्परागत रूपमा धर्म, तन्त्र, र संस्कृति मिलाएर आफ्नो पहिचान राख्दै आएको छ । आदिवासी समाजको विकासक्रममा नेवार समाजको उत्पत्ति भएको र त्यसले हिन्दु र बौद्ध धर्म अपनाएको स्पष्ट छ ।
मोहनी पर्व एक सांस्कृतिक र धार्मिक मिश्रण हो, जसमा भोज, पूजा, र सामाजिक सहभागिता समाहित छन् । दशैंसँग समयअनुसार मिल्दोजुल्दो भएपनि पर्वको प्रारम्भ, विधि, र सामाजिक अभ्यासले मोहनीलाई छुट्टै बनाउने उनको तर्क छ । आधुनिक समयमा शिक्षा र जनचेतनाले पर्वको अभ्यासमा सुधार ल्याएको उनले बताए ।
नेवार समाजको अध्ययन गर्दा धर्म मात्र हेर्ने होइन, सामाजिक संरचना, सांस्कृतिक अभ्यास, भोजन परम्परा, र पारिवारिक संरचना समेत बुझ्नुपर्ने उनको तर्क छ । मोहनी पर्व नेवारी समुदायको धार्मिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग भएको उनले बताए ।
काठमाडौं उपत्यकामा नेवार हिन्दु र बौद्ध समाजले आफ्नो पहिचान, परम्परा, र सांस्कृतिक अभ्याससँगै मोहनी पर्वलाई मनाउँदै आएको छ । दशैंसँग तुलना गर्दा यसमा फरक परम्परा, पूजा विधि, भोज अभ्यास, र सामाजिक संरचना देखिन्छ । भविष्यमा यस विषयमा विस्तृत अनुसन्धान र दस्तावेजीकरण आवश्यक रहेको प्रा. डा. बज्राचार्यले औंल्याए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.