×

६० बढी सन्तानकी अविवाहित ‘गीता आमा’को दशैं

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौं । दशैं नजिकिँदै गर्दा देशभर रमझम र उत्साह छाउँछ । घर–आँगन रंगिन बन्छन्, मन्दिरहरूमा दुर्गा भक्ति गुञ्जिन्छ, परिवारको जमघट र नयाँ कपडामा सजिएका बालबच्चाहरु देखिन्छन् । तर, सुनसरीको इटहरीमा एउटा घर छ, जहाँ दशैंको रौनक भिन्न छ । तर गहिरो अर्थ राख्छ । त्यो घर हो ।
उक्त घरमा बाबुआमाले छाडेका, बाटोमा भेटिएका, पुलमुनी फ्यालिएका वा जन्मिनासाथै अस्वीकार गरिएका बालबालिकाहरू बस्छन् । उनीहरूलाई जन्मदिने आमाबाबु नजिक छैनन्, तर एउटी आमा छिन् जसले आफ्नो जीवन नै उनीहरूको लागि समर्पण गरेकी छिन् । उनी हुन् गीता गौतम, जसलाई सबैले ‘गीता आमा’ भन्छन् ।
आमा बनेकी अविवाहित महिला
गीता आमा विवाहित होइनन् । उनले आफ्नै परिवार बसाइनन् । तर विगत चार दशकदेखि उनले सयौँ बालबालिकालाई अँगालोमा च्यापेर आमा बनेकी छन् ।
चाडपर्वको प्रसंग सुरु हुनसाथ उनको बोली नै भावुक हुन्छ । ‘म अहिले पनि सुत्केरी नै हुँ । नानीहरूलाई दूध खुवाउँछु, रातभरि सुताउँछु । उनीहरूको काख च्यातिएको छ, तर मसँग भने माया बाँड्ने छाती छ,’ उनले सुनाइन् ।
उनको मायाले नै अनगिन्ती बालबालिकाको जीवन बदलिएको छ । कोही नर्स बने, कोही व्युटिसियन, कोही विदेश गएर परिवार बसाए । कसैले विवाह गरेर नयाँ संसार बनाए । यी सबैको एउटै आमा छिन् ‘गीता आमा’ ।
पीडाले जन्माएको सेवा
गीता आमा आफैं पनि अनाथ नै हुर्किएकी हुन् । बाबु भारतमा जागिरे हुँदा दुर्घटनामा परेर बिते । आमा डाकाको हातबाट मारिइन् । त्यसपछि जीवन अन्धकारमा डुब्यो । भारतको आश्रममा केही समय सेवा गरेपछि उनलाई लाग्यो, नेपालमै यस्ता नानीहरूका लागि केही गर्नुपर्छ ।
त्यसैले २०३८ साल वैशाख २९ गते इटहरीमा तीन नानीबाबु लिएर ‘निःसहाय बालबालिका सेवा आश्रम’ सुरु गरिन् । सुरुमा झुपडीजस्तो थियो, साधन थिएनन्, तर माया थियो । यही माया क्रमशः सयौँ बालबालिकाको भविष्य बन्न पुग्यो । अहिले पनि आश्रममा ६० भन्दा बढी बालबालिका छन् ।
दशैंको तयारी, आमा र नानीहरूको खुशी
दशैं आउँदा गीता आमाको व्यस्तता झन् बढ्छ । उनी भन्छिन्,‘चाडबाड रमाइलो त यिनै बालबालिकालाई हुने हो । हामीलाई भन्दा पनि उनीहरूको अनुहारमा हाँसो देख्दा मात्रै दशैं हुन्छ ।’
आश्रममा मासिक खर्च डेढ लाखभन्दा बढी हुन्छ । कतिपय मानिसहरू जन्मदिनमा सहयोग ल्याउँछन्, कोही पितृश्राद्धमा अन्नदान गर्छन् । कोही विद्यालयहरूले निःशुल्क पढाउँछन् । यसरी टुक्रा–टुक्रा सहयोगले नै आश्रम चल्छ ।
जेनजी आन्दोलन र गीता आमाको पीडा
यसपटक दशैंको रौनक गीता आमाको मनमा पुरै छैन । हालैको जेनजी आन्दोलनका क्रममा गोलीले ढलेका नानीहरूको तस्बिर देख्दा उनी अत्यन्त पीडित भइन् । भावुक हुँदै उनी भन्छिन्,‘अनाथको भविष्य बनाउन म जीवनभर खटिरहेँ । तर राज्यले आफ्ना नानीहरूलाई नै गोली हानेर मार्छ भने त्यो सबैभन्दा ठूलो पीडा हो । देश नै बिरामी बनेको छ । त्यसैले यसपालि दशैं पनि खल्लो लाग्छ ।’
उदाहरणीय आमा, सम्मानको खात
उनको योगदानलाई कदर गर्दै देश विदेशमा उनीलाई सम्मान गर्ने हातहरु बढीरहेका छन् । उनी भन्छिन्,‘मैले सम्मान पनि खोजेको होइन् काम भनेको निरन्तर रुपमा गर्दै जाने हो । कामकै परिणाम सम्मान हो जस्तो लाग्छ ।’
स्वार्थको रकम उनी एक रुपैंयाँ पनि नलिने उनी बताउँछिन् । गीता आमाका लागि सबैभन्दा ठूलो पुरस्कार भनेकै उनका नानीहरूको हाँसो हो ।
हामी सबैका घरमा दशैं आउँछ । तर, दशैंको वास्तविक सार गीता आमाको जीवनले सिकाउँछ । दशैं केवल आफ्नै परिवारभित्र सीमित होइन, अरूलाई पनि खुशी बाँड्ने चाड हो । दशैं नयाँ लुगा लगाउने मात्र होइन, लुगा विहीनलाई नयाँ लुगा दिने चाड हो । दशैं परिकार खाने मात्र होइन, भोकालाई परिकार बाँड्ने चाड हो ।
उनले आफ्नै जीवनलाई मैनबत्तीझैं जलाएर सयौँ अनाथ नानीहरूको जीवनमा उज्यालो भरिदिएकी छन् ।
यस बडादशैंमा गीता आमाजस्ता असली मानवीय पात्रहरूलाई सम्झौं । उनीहरूको दीर्घायुको कामना गर्दै, हामी पनि आफ्ना घरको दशैं अरूको जीवनमा उज्यालो ल्याउने प्रेरणा लिऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.