×

मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिंदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका रुपमा डा.संगीता कौशल मिश्रको नाम गत आइतबार सिफारिस भएर अन्तिम समयमा सोमबारका दिन काटियो ।

भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो । नाम हटाइएपछि उनको पक्ष र विपक्षमा ब्यापक बहस भइरहेको छ ।

यसअघि स्वास्थ्य सचिवका लागि पहिलो वरीयतामा डा.मिश्रलाई सिफारिस गरिएपनि तत्कालिन केपी शर्मा ओली सरकारले दोस्रो वरीयतामा रहेका डा.विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि ड.मिश्र आफू अन्यायमा परेको भन्दै ६ महिना विदामा बसेकी थिइन् ।

आफू अन्यायमा परेको सार्वजनिक अभिव्यक्ति दिएकी उनी नेपालका मुलधारका मिडियाको मुख्य समाचार समेत बनेकी थिइन् । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप पौडेलबाट धोका भएको भन्दै सार्वजनिक मन्चमा ओली सरकारको कडा आलोचकका रुपमा देखिएकी डा.मिश्रलाई जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले मन्त्रीमा सिफारिस गरेपछि सर्वत्र चासोको विषय बनेको थियो ।

तर भ्रष्टाचारको मुद्दा विचाराधिन रहेको कुरा एकाएक मिडियाहरुले चर्काएपछि कार्कीले उनको नाम राष्ट्रपति समक्ष पठाएर शपथ खुवाउन सकिनन् ।

मिडिया हुँदै सामाजिक संजालमा आलोचना हुन थालेपछि कार्की ठूलो दबाबमा पर्दा उनको नाम शपथका लागि राष्ट्रपतिसमक्ष पठाउन सकिनन् । जसका कारण डा. मिश्राको नाम अन्तिम समयमा होल्डमा राखेर अन्य चार जनालाई शपथपछि पदभार नै ग्रहण गरिसकेका छन् ।

डा.संगीता यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.मिश्र अतिरिक्त सचिवबाट सोझै मन्त्रीमा सिफारिस हुने संभवत पहिलो महिला हुन् ।

गत वर्षको फागुनमा डा .देवकोटा सचिवमा बढुवा भएपछि आफू अपमानित भएको र अन्यायमा परेको बन्दै ६ महिना विदामा बसेर कार्की नेतृत्वको सरकार बनेपछि मन्त्रालय हाजिर भएकी थिइन् । विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रीमा कार्की नेतृत्वको सरकारले प्रस्ताव गर्नेक्रममा डा.मिश्रालाई पनि प्रस्ताव गरिएको हो ।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कनरमा पारेर सचिवमा बढुवा नगरेको भन्दै विशेषगरी तराई मधेश मुलका नेता एवमा अभियन्ताहरुले मन्त्री पौडेल र प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र गरेनन् ‘मधेशी मुलकी महिला’लाई अपमान गरेको अभिव्यक्ति समेत दिएका थिए ।

तर मन्त्रीका रुपमा सिफारिस भएलगत्तै भ्रष्टाचारको मुद्दा विचाराधिन रहेको बताइएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधिकारिक जानकारी दिएको छैन् । तर डा.मिश्राको विषयलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेको छ ।

कतिपयले सरकारको कडा आलोचना गरेका छन् भने कतिपयले आन्दोलनको स्प्रिट अनुसार नियुक्ती गर्न नसकिने जनाउँदै आएका छन् ।

लेखक एवम विश्लेषक तुलानाराण शाहले डा. मिश्राका पक्षमा खुलेर अभिव्यक्ति दिएका छन् । ‘पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !’ शिर्षकमा लामो लेख सामाजिक संजालमार्फत व्यक्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र नेता अमरेश कुमार सिह, ट्रेड युनियनका नेता अजयकुमार राई, कांग्रेस नेता विमलेन्द्र निधि, ललित रौनियारलगायतले डा.मिश्रामाथि अत्याचार भएको संकेत गरेका छन् ।

‘पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !’(तुलानाराण शाह) भन्दै शाहले अगाडि लेखेका छन्–

केही महिनाअघि ओली सरकारको पालामा स्वास्थ्य मन्त्रालयको सचिव पदमा बढुवाको क्रममा डा.संगीता मिश्रासँग अन्याय भएको थियो । प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बरिष्ठ हुँदाहुँदै डा.संगीता विरुद्ध उनकै सहकर्मी कर्मचारीहरु र सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस सम्बद्ध नेताहरुले षडयन्त्र गरेका थिए । त्यसबारे उतिबेलै यथेष्ठ चर्चा भइसकेको छ । त्यस विरुद्ध उनको कानुनी लडाइ जारी नै छ ।

राजनीतिमा पुस्तान्तरण र सरकार संचालनमा शुसासनको नारा दिएर बनेको शुसीला कार्की नेतृत्वको सरकारले फेरी उनै डा।संगीतामाथी अत्याचार गरिराखेको छ ।

मन्त्रीमण्डलका जिम्मेबार सदस्यले भेटन बोलाएर, मन्त्री बनिदिनुपर्यो भन्दै आग्रह गरेर, प्रधानमन्त्रीसँग भेट गराएर, हुँदाखाँदाको १२ औँ तहको  अतिरिक्त

सचिव पदबाट राजीनामा गर्न लगाएर, नयाँ नियुक्त हुने मन्त्रीहरुको सुचीमा उनको नाम राखेर राष्ट्रपति कार्यालय समेत पठाइसकेर, मिडियामा सार्वजानिक गरिसकेर अन्त्यमा उनीमाथी ‘अख्तियारले छानबीन गरिराखेको’ भन्दै शपथ ग्रहण रोकिएको छ ।

पहिला अयोग्य छौ भनेर सचिव बनाइएन, अहिले भ्रष्ट छौ भनेर मन्त्री बन्नबाट रोकिदैछ !

सरकारको उच्च तहका मेसिनरी र नेतृत्वको संलग्नतामा कुनै नागरिकको व्यक्तिगत, पेशागत र सार्वजानिक जीवनमाथी यो तहको खेलबाड गर्न मिल्छरु के नेपालमा मन्त्री बन्नका लागि पहिला अख्तियारबाट कुनै उजुरी परे नपरेकोबारे सिफारिस पेश गर्नुपर्ने कानुनी प्राबधान छ ? यदी थियो भने प्रधानमन्त्री कार्यालयले उल्लेखित सबै कार्यहरु गर्नुभन्दा पहिला ती कुराहरु किन जानकारीमा लिएनन् ? के अहिलेको अरु कुनै पनि मन्त्रीहरुमाथी अख्तियार वा अदालतमा भ्रष्टाचारबारे उजुरी वा मुद्दा परेको छैन ?  कि डा.मिश्रालाई अतिरिक्त सचिव पदबाट राजीनामा (जो सुनिए अनुसार अहिलेसम्म स्वीकृत भएको छैन् ।) राउने षडयन्त्र स्वरुप यी सबै तानाबाना बुनियोरु यदी भोली गएर अख्तियारले कुनै मन्त्रीमाथी मुद्दा नै दायर गरेछ भने सो मन्त्री स्वतः पदमुक्त हुने कानुनी ब्यवस्था छैन र ?

नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको विरुद्ध अख्तियारमा उजुरी पर्नु कुनै नौलो कुरा होइन । डा.संगीता विरुद्ध उजुरी परेको हुन पनि सक्छ, नहुन पनि सक्छ । यसबारेमा आम मानिसले थाहा पाउने कुरा भएन । त्यो कुरा अख्तियारले नै जान्ने कुरा हो । तर, जुनशैलीमा मध्यरातमा अख्तियार सुत्रका अनुसार भन्दै डा। संगीता विरुद्ध मिडियाबाजी भयो त्यसले अख्तियारकै नियत र सुचना संयन्त्रमाथी गम्भीर प्रश्न उठाउँछ ।

यी सबै घटनाक्रमलाई जोडेर हेर्दा डा। संगीता बिरुद्ध उच्च तहको षडयन्त्र भइरहेको स्पष्ट छ । नयाँ नियुक्ती हुने मन्त्रीहरुमा उनको नाम सहितको सुची राष्ट्रपति कार्यालय पुगिसकेपछि आइतबारको मध्यरातदेखि जुन शैलीमा नेपाली मिडियामा डा.संगीताबारे समाचारहरु सम्प्रेषण भए, त्यसमा मिडियाको नश्लिय चरित्र उदागिंएको छ ।

एउटा सामान्य कर्मचारीमाथी जुन तहको मिडिया ट्रयाल भयो, त्यो पनि प्रधानमन्त्री कार्यालयको सक्रियतामा, त्यो घोर निन्दनीय छ । यो अत्याचार नै हो !

यो सम्पूर्ण एपिसोडलाई राजनीतिक र तथाकथित सदाचारको नाराको कोणबाट मात्र होइन मानवताको कोणबाट पनि हेरिनुपर्छ । यस घडीमा डा.संगीताको मनोदसालाई हामी सबैले अनुमान गर्न सक्छौँ । वडा दशैँको प्रारम्भमै यस्तो अवस्था सिर्जना हुनु कुनै पनि व्यक्ति विशेषकोलागि निकै नै दुखद कुरा हो । माँ दुर्गाले डा.संगीतालाई धैर्यका साथ संघर्ष गर्ने शक्ति प्रदान गरुन । असत्यमाथी सत्यको विजय होस्  । शुभकामना छ ।’

त्यस्तै ललित रौनियार लेख्छन् ः ‘यसअघि पनि स्वास्थ सचिवमा बढुवा हुंदा मधेशी भएकै कारण बढुवा गरिएको थिएन । अहिले पनि उनिलाई अख्तियारमा मुद्दा चलेको बहानामा सहसचिव पदबाट राजीनामा गराई मन्त्री बनाउने भनि ठिक्क पारिए पनि अन्तिममा अख्तियारको छानबिनलाई देखाएर रोकिएको थियो, त्यसो त अख्तियारमा कुलमान घिसिङ माथि छानबिन चलिरहेको छ । उनको कमजोरी एउटै थियो कि उनी बारबरा फाउन्डेशन जस्तो पश्चिमाहरुसंग सम्बन्धित थिइनन । प्रधानमन्त्री कार्कीमाथि पनि न्यायधीश नियुक्ति र सुडान काण्डको आरोप नलागेको होइन् । नेपालमा अझैपनि माफिया र भ्रष्ट कर्मचारी तन्त्र जिउंदै छ र तिनिहरुले कहिल्यै पनि आफुले न रुचाएका मान्छेलाई जसरी पनि रोक्ने प्रयास गर्छन।’

त्यस्तै ट्रेड युनियनका नेता अजयकुमार राई लेख्छन् ः डा.संगीता कौशल मिश्रा, नेपालको उच्च प्रशासन एवं स्वास्थ्य क्षेत्रमा चिरपरिचित र विगत केही महिनादेखि चर्चामा छाएकी पात्र हुन्। करिब ६, ७ महिना अगाडि स्वास्थ्य मन्त्रालयको  अतिरिक्त सचिव हुँदाहुँदै पनि निजलाई विभिन्न स्वार्थ समूहको चलखेलका कारण सचिव हुनबाट रोकिएको घटनाक्रमहरू पनि हामीले सामाजिक सञ्जाल एवं समाचारहरू मार्फत देख्न पायौं ।

उनी स्वास्थ्य क्षेत्रको एक कुशल, क्षमतावान एवं विषय विज्ञ एंव युवा महिला समेत हुन्, साथै मुलुकले आशा र भरोसा गरेकी स्वास्थ्य क्षेत्रकी काबिल महिला पनि हुन्, उनको क्षमता र योग्यता लाई वर्तमान सरकारले उपयोग गर्ने उद्देश्यका साथ प्रधानमन्त्री मार्फत स्वास्थ्यमन्त्रीका लागि सम्माननीय  राष्ट्रपतिज्यू समक्ष सिफारिस भइसकेको अवस्थामा, मुलुकका उच्च प्रशासक,केही राजनीतिक व्यक्ति लगायतका विभिन्न स्वार्थ समूहले रातभर चलखेल गरी षड्यन्त्रमूलक ढङ्गबाट निज डा.मिश्राको नाम एक्कासी काटियो र निजलाई मन्त्री हुनबाट वञ्चित गराइएको समाचारहरू मिडियामा पढ्न पाउँदा,मेरो पनि गम्भीर ध्यान आकृष्ट हुन पुगेको छ र म एक जिम्मेवार नागरिकको हैसियतले यो सन्दर्भमा पछिल्लो सरकारले बन्देज लगाउन खोजिएको प्लाटफर्म मार्फत  केही कुरा राख्न मन लागेको छ, आखिर किन यस्तो भयो होला त ?

वर्तमान संविधान अन्तर्गत राज्यको निर्देशक सिद्धान्तले समेत प्रत्येक समुदायलाई  सामाजिक न्याय र समावेशीकरण को नीति एवं मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ, तर के ? तदनुरूप अहिलेको राज्य प्रणाली अगाडि बढेको छ त ? हिमानी शाह विदेशी मूलकै रहेर पनि निर्विवाद नेपालको युवराज्ञी हुन पाइन्,तर डा.संगीता कौशल मिश्राले राज्यका निकायमा प्रतिनिधित्व गर्ने अवसरबाट किन पटक पटक वञ्चित हुनुपर्यो ? नेपालका कथित  समुदाय भित्रका पनि  निश्चित  समुहहरु, जसले नेपालको राज्य सत्तामा अझै पनि हालीमुहाली गरिरहेकै छन्, तिनै कथित समुदाय  भित्रको पनि निश्चित समुहले उनलाई नेपालीको आँखाले नहेरेकै कारणले हो ? उनलाई नेपाली नै नठानेको हो ? के उनी स्वास्थ्य मन्त्रालयमा १२ औ तहसम्म पुग्दा पनि नेपाली नागरिक भैइनन यदि कुनै व्यक्ति निश्चित  समुदायको विदेशी छ भने पनि विशुद्ध नेपाली हुने, तर अर्को समुदाय जो त्यही प्रक्रियाबाट नेपाली नागरिक हुन्छ र संविधानत सम्माननिय प्रधानमन्त्री पद बाहेक सबै अवसर प्राप्त गर्न सक्छ उसलाई नेपाली नै नदेख्ने र सीमित समुदाय भित्रको पनि निश्चित समुहले मात्र राज्य सत्ताभित्र हालीमुहाली गर्ने कथित समुदाय भित्रको निस्चित समुहको सोच र चिन्तन ले मुलुकलाई  यो अवस्थामा पु¥याएको हो भन्ने मेरो ठहर छ ।

हिजो  सचिव हुने समयमा वरिष्ठतम उम्मेदवार हुँदाहुँदै पनि उनलाई राज्य सत्तामा हालीमुहाली गरिरहेका कथित समुदाय भित्रको निश्चित समुह र सामूहिक स्वार्थका कारण षड्यन्त्रमूलक ढङ्गबाट दरकिनार गरियो र त्यसैगरी अहिले पनि रातारात उनलाई त्यही कथित समुदाय भित्रको निश्चित समुह र संकीर्ण सोच भएका समूहहरूले एकीकृत ढङ्गमा एक क्षमतावान मधेसी, कुशल योग्य एवं विषयविज्ञ युवा महिलालाई दरकिनार गरियो।

मलाई के लाग्दछ भने, यी र यस्तै विभेदकारी सोच र चिन्तनका कारणहरूले नै गर्दा अहिलेको आन्दोलनको ज्वारभाटा उठ्न पुगेको हो। यही विभेदकारी सोचले अगाडि बढ्ने हो र संविधानमा सुनिश्चित गरिएको समावेशितालाई अंगिकार नगर्ने हो भने यो राज्य कहाँ पुग्दछ भन्ने गम्भीर प्रश्न यस्ता प्रसङ्गले आम जनमानसमा पक्कै खडा गरेको हुनु पर्दछ , साथै के नेपाल कथित निश्चित समुदाय भित्रको पनि निस्चित समुहको  मात्र हो त भन्ने जिज्ञासासमेत पैदा भएको छ। अस्तु ।’

त्यस्तै नेता अमरेशकुमार सिंह लेख्छन् ः स्वास्थ्यमन्त्री बन्न लागेकी डाक्टर संगीता मिश्रमाथि स्वास्थ्य सेवा बिभागमा बर्षौंदेखि रजगज चलाएका केही थान बिचौलियाहरुले निराधार आरोप लगाएका छन। बिभागमा बर्सौदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलिया हरुको निन्दहराम गरेबापत नै संगीता मिश्रलाइ सचिब बन्न बाट रोकेको थियो । फेरि त्यही सलबलाएका छ्न र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरु लगाएका छन । डा.संगीता एक कुशल नेतृत्वकर्ता हुन । उनी भ्रष्ट भएको भए पहिले नै सचिब बन्न सक्थिन । उनको नियुक्ति बाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृती उजागर हुने डरले अतालिएका छ्न ।’

डा. मिश्रामाथि अनुसन्धान जारी रहेको भन्नेबारे अख्तियारले आधिकारिक रुपमा केही पनि जानकारी दिएको छैन् । यद्यपि डा.मिश्राविरुद्ध उजुरी परेर अनुसन्धान भएको पुष्टि भएपनि दुवै मुद्दामा ठोस प्रमाण नपाइएको भनेर केही पोष्टहरु पनि सार्वजनिक भइरहेका छन् ।

कोही व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको विवरण गोप्य राखिने र अनुसन्धानको निष्कर्ष र अभियोजनको क्रममा मात्रै तथ्य सार्वजनिक भएको विषयलाई लिएर मन्त्री बन्नबाट रोक्ने प्रयास भएको बताइन्छ ।

प्रधानमन्त्री कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्राको नाम पनि थियो । तर मिश्रविरुद्ध भ्रष्टाचार र नागरिकता विवाद गम्भीरतापूर्वक उठेपछि मिश्राको नाम काटेर पुनः चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको थियो । तर स्वास्थ्यमन्त्री पदको शपथ खाने दिन मिश्रको नाम काटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.