काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सन्तोष परियारले पार्टीलाई समयसापेक्ष बनाउन अर्ली महाधिवेशन सहित पुनर्गठनको प्रस्ताव गरेका छन्।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै परियारले पार्टी अब वैचारिक, राजनीतिक र संगठनात्मक दृष्टिले मात्र नभई मुद्दाका आधारमा समेत पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार, पार्टीसँग हाल दुई विकल्प छन्। पहिलो, आगामी फागुनमा तोकिएको महाधिवेशनलाई अघि सार्दै मंसिरमै सम्पन्न गर्ने। यसका लागि हालका सबै संरचना भंग गरेर केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समिति बनाउने सुझाव उनले प्रस्तुत गरे। महाधिवेशनपश्चात् नयाँ नेतृत्वले विचार, दृष्टिकोण र मुद्दासहित पार्टीलाई चुनावतर्फ लैजान सक्ने उनको भनाइ थियो।
दोस्रो विकल्पका रूपमा उनले मंसिरसम्म महाधिवेशन सम्भव नभए विस्तारित बैठक बोलाएर संगठनात्मक हेरफेर गर्ने प्रस्ताव गरे। यस्तो बैठकबाट जिम्मेवारीमा रहेका नेताहरूलाई फेरबदल गर्ने, नयाँ नेतृत्वलाई अवसर दिने र पार्टीलाई सक्रिय बनाउने उनको धारणा थियो।
परियारले पार्टीमा विद्यमान वैचारिक अलमल हटाउन पनि जोड दिए। उनका अनुसार, पछिल्लो आन्दोलनले देखाएका मुद्दा रास्वपाले अझ स्पष्ट दृष्टिकोणका साथ अघि बढाउनुपर्छ।
भदौ २३ र २४ का आन्दोलनको प्रसङ्ग उठाउँदै उनले पहिलो दिनको आन्दोलनलाई भ्रष्टाचार र बेथितिविरुद्धको पुस्तागत आवाजको रूपमा व्याख्या गरे। तर दोस्रो दिनको आन्दोलन विभिन्न स्वार्थ समूहको प्रभावमा विध्वंसकारी रूपमा परिणत भएको भन्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए।
यसैगरी, नख्खु कारागारमा भएको घटनाबारे समेत पार्टीले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो। “देशको चौथो ठूलो पार्टीमाथि उठेका प्रश्नबाट भाग्न मिल्दैन, सत्यतथ्य सार्वजनिक गर्नैपर्छ,” उनले बैठकमा भने।
उनले अन्ततः रास्वपालाई वैकल्पिक धारको रूपमा विकास गर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै, पुनर्गठनपछि अन्य छरिएका वैकल्पिक शक्तिलाई समेत एकीकृत गर्दै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.