×

कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा अन्य प्रदेशको पहाडी र तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x