६ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई रुपान्तरण नगरी अब अघि बढ्न नसक्ने बताएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा पुगेर उनले मंसिरभित्रै महाधिवेशन गरेर कांग्रेसलाई नयाँ बाटोमा डोर्याउनुपर्ने आवश्यकता दोहोर्याए।
उनले भने, “मंसिर मसान्तसम्म अहिलेको कार्यसमितिको कार्यकाल सकिन्छ। त्यसपछि अवधि थप्नु हुँदैन। अहिले क्रियाशील सदस्यता नवीकरण हुँदैछ, वितरण खुलेर गर्नुपर्छ र त्यसकै आधारमा महाधिवेशनमा जानुपर्छ।”
शर्माका अनुसार तत्काल महाधिवेशनमा जान नहुने भन्ने धारणा पनि पार्टीभित्र छ। तर अन्ततः केन्द्रीय समिति बैठकले साझा निष्कर्ष निकाल्ने उनले बताए।
कोइराला निवासमा उभिएर उनले भने, “हामी नयाँ ढंगले कांग्रेसलाई अघि बढाउँछौं, देशको अवस्था सम्हाल्छौं र नयाँ सम्भावना सिर्जना गर्ने दिशामा प्रतिबद्ध भएर अघि बढ्छौं।”
शर्माले पार्टीले अहिलेको अवस्थाको जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गर्दै आत्मालोचना र क्षमायाचनाको आवश्यकता औंल्याए। उनले थपे, “जेनजी पुस्ताको बलिदान र भावनालाई समेत समेटेर कांग्रेस रुपान्तरणतर्फ जानैपर्ने समय आएको छ।”
यसबीच, महामन्त्री शर्मासहित गगन थापाले महाधिवेशनको पक्षमा आवाज उठाएपछि पूर्वपदाधिकारीहरू त्यसविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन्। तर शर्माले कांग्रेसभित्र सबैलाई आफ्नो मत राख्ने स्वतन्त्रता रहेको भन्दै अन्ततः साझा धारणा बन्ने विश्वास व्यक्त गरे।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा अस्पतालमै उपचाररत रहँदा महाधिवेशनको कुरा निकालिएको भन्दै थापा र शर्मालाई अप्रत्यक्ष रुपमा आलोचना गरेका थिए।
तर त्यसबारे प्रतिक्रिया दिँदै शर्माले भने, “हामीलाई सभापतिज्यूको स्वास्थ्य उतिकै प्राथमिकता छ जति कांग्रेसको स्वास्थ्य। सभापतिज्यूको स्वास्थ्य सुधारको लागि निरन्तर सम्पर्कमा छौं र शुभकामना व्यक्त गर्दै आएका छौं।”
भदौ २४ गते प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आक्रमण गर्दा कांग्रेस सभापति देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा घाइते भएका थिए। उनीहरूको अहिले सैनिक अस्पतालमा उपचार भइरहेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.