५ असोज, काठमाडौं । निजी क्षेत्रले सरकारसँग समन्वय र सुरक्षा सुनिश्चित गर्दै अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि आवश्यक सहयोग माग गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानका साथ काम गर्न सक्ने वातावरण बनाउन सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरे।
अध्यक्ष ढकालले भने, “हामी सरकारसँग मिलेर अर्थतन्त्रलाई सम्हाल्न र सहकार्य गर्न तयार छौं। तर आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले हाम्रो योगदान नबुझिएको देखाउँछ।”
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने रोजगारीको ८६ प्रतिशत भाग पनि निजी क्षेत्रले दिएको छ।
अध्यक्ष ढकालले भने, निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संरचना बनाउन, व्यवसायीले विश्वाससाथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरण सुनिश्चित गर्न आवश्यक छ। उनले हालसम्म आन्दोलनका कारण करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक विवरण पनि सरकारको ध्यानाकर्षण गराए।
महासंघले देशभरि सर्वेक्षण गर्दै थप क्षति विवरण संकलन गरिरहेको छ। विशेषगरी ठूलो क्षति भएका उद्योग र राजधानी बाहिरका साना व्यवसायहरूको विवरण अझै प्राप्त हुन बाँकी छ।
अध्यक्ष ढकालले सरकारले प्रभावित व्यवसायीलाई कर्जा पुनर्संरचना, ब्याज अनुदान र नयाँ संरचना निर्माणका लागि आवश्यक सुविधा, आयकर तथा भन्सार छुट प्रदान गर्न सुझाव दिएका छन्। साथै चालु पूँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन, वित्तीय सहुलियत र सूचना प्रविधिको प्रयोग गरेर सहजीकरण गर्नुपर्ने माग पनि राखियो।
ढकालले सरकारको ध्यानाकर्षण गराउँदै भने, “सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न तयारीमा छ, तर अहिलेको क्षतिले समस्या उत्पन्न गर्न सक्छ। यसै कारण आवश्यक पूर्वतयारी गर्नुपर्ने छ।”
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.