गत भदौ २७ गते बिहान ११ बजे चिकित्सकले केशव लिम्बूलाई भनिदिए – “अब तपाईं घर जान सक्नुहुन्छ।” पाँच दिनदेखि सिभिल अस्पतालमा उपचाररत उनी त्यो खबर सुनेपछि अत्यन्त उत्साहित भए।
भदौ २३ गते संसद भवन अगाडि जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले उनको बायाँ खुट्टा छेडेको थियो। साथीहरूले तत्कालै अस्पताल पुर्याएका कारण जीवन बच्यो।
डिस्चार्ज हुने खबर पाएपछि उनले सबैभन्दा पहिले साथीहरूलाई जानकारी गराए। त्यसै दिन अपराह्न चार बजे अस्पतालबाट बाहिरिँदा कुनै शुल्क तिर्नु परेन। सरकारले आन्दोलनमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो।
केशव काठमाडौंको स्कुल अफ ल का चौथो सेमेस्टरका विद्यार्थी हुन्। उनी साथीहरूसँग भक्तपुरमा बस्छन्। डिस्चार्ज भएको भोलिपल्टै, भदौ २८ गते, प्लेनमार्फत झापा पुगे। विमानस्थलमा छोरो लिन गएका बुबाले पहिलो प्रश्न सोधे – “खुट्टा टेक्न सक्छस् त?”
घर फर्किँदा आमा आँसु रोक्न सकिनन्। केशवले सम्झिए, “आमाले भन्नुभयो – धन्न बाँचिस्, तिमीलाई देखेर बल्ल सास फिरेको छ।”
तर उनी धेरै दिन घरमै बस्न सकेनन्। साथीहरू पनि विभिन्न अस्पतालमा घाइते भएको थाहा पाएपछि मोटरसाइकल चढेर अस्पताल–अस्पताल पुग्दै अवस्थाबारे बुझ्न थाले। उनका अनुसार केही अस्पतालले पैसा मागेका कारण कतिपयलाई आधा उपचारमै डिस्चार्ज गर्नुपरेको छ।
जेन–जी आन्दोलनको कुनै संगठनमा प्रत्यक्ष रूपमा आवद्ध नभए पनि उनी मुद्दासँग सहमत रहेकाले आन्दोलनमा उत्रिएको स्पष्ट पार्छन्। स्थानीय नेताहरू भेट्न आएपछि उनले खुलेर भने, “म स्वार्थका लागि होइन, निःस्वार्थ रूपमा आन्दोलनमा सहभागी भएको हुँ। हाम्रो लक्ष्य भ्रष्टाचारमुक्त र समुन्नत नेपाल हो।”
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.