×

जेनजी आन्दोलनपछि काठमाडौँ… पूर्वप्रधानमन्त्री र मन्त्रीहरू सुरक्षित

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौँ । भदौ २३–२४ गते जेनजीले गरेको प्रदर्शनपछि काठमाडौँ उपत्यका क्रमशः सामान्य अवस्थामा फर्किएको छ। भ्रष्टाचार र अनियमितताविरुद्धको विरोधका क्रममा भएको दमनमा १९ जनाको ज्यान गएको थियो।

आन्दोलनकारीले तत्कालीन कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, राजनीतिक दलका कार्यालय, नेताका निवास र व्यवसायिक भवनमा आगजनी र तोडफोड गरेका थिए।

उच्च सुरक्षा खतराका कारण नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतलाई सुरक्षा दिएको थियो।

भदौ २४ गते बिहान प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमा लगेको थियो। त्यस्तै, प्रचण्ड र माधव संसदीय दलको कार्यालयमा विपक्षी बैठकमा उपस्थित हुँदा सेनाले सुरक्षित ठाउँमा पुर्‍याएको थियो।

कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा आफ्नो बूढानीलकण्ठ निवासमा थिए। प्रदर्शनकारीले आगो लगाउँदा उनीहरूलाई सेनाले उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा पनि आगजनी भएको थियो। सुरक्षाकर्मीले उनलाई सुरक्षित ठाउँमा लगेका थिए। आगजनीमा परेर उनकी श्रीमती रविलक्ष्मी चित्रकार घाइते भएकी थिइन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निवासमा पनि आगो लागेको थियो, तर उनी सेनाको सुरक्षा केन्द्रमा नबसिकन आफन्तको घरमा बसे।

उच्च स्रोतका अनुसार, ओली र देउवा बाहेक अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू आइतबार–सोमबारसम्ममा सुरक्षित फिर्ता फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.