नेपालको आकाशमा हरेक पुस्ताले आफ्ना आवाजको बिजुली चम्काएको छ।
कहिले प्रजातन्त्रको नाममा, कहिले अधिकार र समानताको नाममा, कहिले गणतन्त्र र स्वतन्त्रताको नाममा प्रत्येक पुस्ताले आफ्नो पहिचान इतिहासमा कोरेको छ। अहिले फेरि त्यस्तै आवाज गुन्जिएको छ, तर यसपटक त्यो स्वर डिजिटल दुनियाँमा हुर्किएको, इन्टरनेटको उज्यालोमा आँखा उघारेको र संसारसँग प्रत्यक्ष जोडिएको नयाँ पुस्ता हो- जेन जि।
यो पुस्ता पुराना पुस्ताभन्दा फरक छ। उनीहरूले नेता र दलको भाषणभन्दा बढी नतिजा खोज्छन्। उनीहरूको भोक रोजगारी हो, उनीहरूको प्यास शिक्षा र स्वास्थ्यमा समान पहुँच हो, उनीहरूको चाहना न्यायपूर्ण अवसर र इमानदार शासन हो। पुराना पुस्ताले दिएका अपूर्ण वाचा, दलहरूको अनन्त झगडा, नेताहरूको अघोषित विशेषाधिकार, र सर्वसाधारणको पीडा- यी सबैले उनीहरूको हृदयमा आक्रोशको बिउ रोपेको थियो। त्यो बिउ अन्ततः सडकमा फुल्यो र आन्दोलनको स्वरूपमा सुगन्धित भए पनि काँडाले भरिएको बिरुवा झैँ फैलियो।
`जेन जि ´ पुस्ताले नेतृत्वको प्रतिक्षा गरेन। उनीहरूलाई कुनै दल वा नेताले उक्साएन। यो आक्रोश स्वतः जन्मिएको हो- जसरी घट्टको ढुङ्गा वर्षौँसम्म थोरै-थोरै पानीले भिज्दै अन्ततः टुक्रिन्छ, त्यसरी नै निरन्तरको असमानताले युवाहरूको धैर्य भाँचियो। उनीहरूले सडकलाई कक्षाकोठा बनाए, नारालाई किताब बनाए, र सामाजिक सञ्जाललाई हतियार बनाए।
फेसबुकको स्टाटस, ट्विटरका ह्याशट्याग, टिकटकका भिडियो र इन्स्टाग्रामका मीम। यी सबै आन्दोलनका पोस्टर र पर्चा बने। विश्वका कुना-काप्चासम्म नेपालका युवाको पीडा र विद्रोहको स्वर पुग्यो। विदेशी सञ्चारमाध्यमले यो चेतनालाई कभर गरे, प्रवासी नेपालीहरूले अनलाइनमार्फतै आफ्नो समर्थन जनाए। यसरी आन्दोलन केवल सडकमा होइन, डिजिटल आकाशमा पनि उड्यो। तर हरेक आन्दोलनजस्तै, यसले पनि पीडाको करुण अध्याय लेख्यो। युवाहरूले आँसु र रगत बगाए।
प्रहरीले लाठी भिरायो, अश्रुग्यासले सडकलाई धुँवा बनायो। कतै अन्धाधुन्ध गोलीसमेत चलाइयो। सयौँ घाइते भए आधासय बढिले जीवन गुमाए। कलेजका पुस्तक धुलोमा पुरिए। विद्यालयका घण्टी मौन भए । बजारका ढोका बन्द भए। गाउँका किसानको तरकारी सड्यो, मजदुरको हात रित्तियो।
आन्दोलनले केवल नेताको कुर्सी मात्र होइन, सर्वसाधारणको भान्सा पनि हल्लाइदियो। यसो भए पनि, यो पीडामाथि उभिएर पनि उपलब्धिका आशातीत बिरुवा उम्रिएका छन्। सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई पुनः बोल्न सिकाउनु हो। लामो समयदेखि निराश र मौन बनेका नागरिक फेरि चर्को स्वरमा प्रश्न गर्न थाले। “किन बेरोजगारी?”
“किन शिक्षा महँगो?”
“किन स्वास्थ्यमा व्यापार?”
“किन नेताको जीवनशैली र जनताको जीवनबीच आकाश-पातालको फरक?”
यी प्रश्नहरू गाउँका चौतारीदेखि शहरका कफी पसलसम्म गुन्जिए। ठूला भनाउँदा नेताहरूको आलिशान बङ्गाला र तिनै बङ्गालामा बिलाशिताको भयानक प्रतिबिम्ब अनि झन्डै झन्डै नेपालको आधा सम्पती खरानी भएको सारा जनताले देखे। त्यसपछि त झन् आम जनतामा नेताको यो विलाशिताप्रती तिक्तता पोख्दै आन्दोलनकारी अझ उद्यत बने।
उदण्ड बने । त्यसर्थ, आधा नेपाल जलाइदिएर यस आन्दोलनले पुराना पुस्तालाई पनि झकझक्यायो। नेताहरूलाई चेतावनी दिइयो- अब पुरानै ढर्रामा शासन सम्भव छैन। यो पुस्ताले चाकरी होइन, कार्यकुशलता माग्छ। नेताको नाम होइन, परिणाम खोज्छ। दलको झण्डा होइन, नागरिकको हितलाई प्राथमिकता दिन्छ।
यही कारणले यो आन्दोलन केवल विद्रोह होइन, भविष्यको घोषणापत्र हो भन्दा खासै फरक पर्दैन। युवाहरूको आन्दोलनले डिजिटल संसारको शक्ति पनि देखायो। प्रायः मनोरञ्जन र व्यक्तिगत प्रदर्शनको थलो ठानिएको सामाजिक सञ्जाल आन्दोलनको अखडा बन्न सक्छ भन्ने प्रमाण यसले प्रस्तुत गर्यो।
यही कारणले आन्दोलनलाई दबाउन खोज्दा पनि स्वरलाई पूर्ण मौन पार्न सकिएन। सडकमा आवाज दबाइए पनि सामाजिक सञ्जालमा त्यो स्वर हजारौं गुणा प्रतिध्वनित भयो। त्यै पनि समीक्षात्मक दृष्टिले हेर्दा, यो आन्दोलन अझै अपूर्ण छ। यसको ऊर्जा प्रशस्त छ तर संस्थागत रूप छैन।
नेतृत्वको स्पष्टता छैन। कुनै दीर्घकालीन योजना छैन। यस्ता आन्दोलन इतिहासमा धेरै देखिएका छन्। उर्जा त प्रचुर छ तर संगठनको अभावले क्षणिक लहरमा सीमित रहेको देखिन्छ । यही खतरा यस आन्दोलनमा पनि छ। तर यो आन्दोलनले दिएको सन्देश र चेतावनी भने इतिहासमा सुरक्षित भइसकेको छ।
राज्यले अब दुई बाटोमध्ये एउटा रोज्नुपर्छ। पहिलो बाटो हो- यो स्वरलाई अराजक ठानी दमन नगरोस् । यस बाटोमा हिंड्दा अल्पकालीन मौन त सम्भव होला तर दीर्घकालीन संकट भने अझै बढ्नेछ। अर्को बाटो हो-यो स्वरलाई अवसरका रूपमा लिनु। युवाहरूले उठाएका शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका प्रश्नलाई सम्बोधन गर्नु।
यदि सरकारले दोस्रो बाटो रोज्यो भने, यो आन्दोलन इतिहासको सकारात्मक मोड बन्न सक्छ। नेपालको इतिहासमा हरेक आन्दोलनलाई सुरुमा उपेक्षा र आरोपको पर्दाभित्र राखिन्छ। २००७ मा राणाविरोधीलाई पनि अराजकतावादी भनियो, तर उनीहरूले प्रजातन्त्र ल्याए। २०४६ मा सडकमा उत्रिएका विद्यार्थीलाई उपद्रोवादी भनियो, तर उनीहरूले नवीन क्रान्ति गरे। नयाँ संविधान ल्याए । ०५२-०६२ को दस वर्षे जनयुद्धलाई अतङ्ककारीले सम्बोधन गरियो।
२०६२/६३ मा जनतालाई अराजकतावादी भनियो, तर उनीहरूले गणतन्त्र ल्याए। आज जेन जि आन्दोलनलाई पनि त्यस्तै आरोप लगाइँदैछ। तर समयले फेरि प्रमाणित गर्नेछ- यो आन्दोलनले नेपाललाई नयाँ चेतना दिएको छ। यसरी हेर्दा, जेन जि आन्दोलन केवल क्षणिक विद्रोह होइन।
यो भविष्यको आशा हो, निराशाको साँघुरो गल्लीमा छरिएको उज्यालो किरण हो। यदि यसलाई सही दिशामा प्रयोग गरियो भने, यही ऊर्जा नेपाललाई न्याय, समानता र विकासतर्फ डोर्याउने छ । तर यदि उपेक्षा गरियो भने, यही ऊर्जा विस्फोट भएर मुलुकलाई अझ ठूलो संकटमा धकेल्नेछ। त्यसैले, आजको प्रश्न केवल आन्दोलनलाई रोक्ने होइन, यसको सारलाई बुझ्ने हो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.