१८ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै छन्।
गत शनिबारदेखि चीनको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्री ओली आज साँझ साढे ८ बजे काठमाडौं अवतरण गर्नेछन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शंघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिए। सो अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत द्विपक्षीय भेटघाट गरेका थिए।
सम्मेलनकै सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ओलीको भेट भएको थियो, यद्यपि त्यो औपचारिक द्विपक्षीय वार्ता भने थिएन।