६ भदौ, काठमाडौं ।
भूमि सम्बन्धी संशोधन विधेयक पारित गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुलेर असहमति जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार विधेयक पारित भए पनि रास्वपाका सांसद अशोककुमार चौधरीले फरकमत दर्ता गरेका हुन् ।
रास्वपाको भनाइमा, यो विधेयक लागू भए भूमि उपयोगमा पारदर्शिता कमजोर हुने, अव्यवस्थित बसोबासीलाई वास्तविक भूमिहीनसँग मिसाएर जग्गा वितरण गर्ने खतरा बढ्ने र कार्यपालिकालाई अस्वस्थकर ढंगले अत्यधिक अधिकार दिने प्रावधान छन् ।
१️⃣ हदबन्दी छुटमा खुकुलोपन
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) अनिवार्य नबनाइ खुकुलो प्रावधान ल्याइएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । यसले भूमि दुरुपयोग, अव्यवस्थित शहरीकरण र वातावरणीय क्षति बढाउने खतरा रहेको उनको भनाइ छ ।
२️⃣ सरकारलाई असीमित अधिकार
जग्गाको हदबन्दी तोक्ने वा परिवर्तन गर्ने अधिकार मन्त्रिपरिषदलाई दिइएको भन्दै चौधरीले यो प्रावधान शक्ति विभाजन र विधायकीय निगरानीको सिद्धान्तविपरीत भएको बताएका छन् । यसले नीति निर्धारणमा मनपरी हुने र रियल स्टेट लबीको दबाबमा निर्णय हुने आशंका व्यक्त गरिएको छ ।
३️⃣ अव्यवस्थित बसोबासीको अस्पष्ट परिभाषा
रास्वपाले अव्यवस्थित बसोबासीको परिभाषा स्पष्ट नभएकाले वास्तविक भूमिहीन र कृत्रिम रूपमा सिर्जित बस्तीबीच भेद छुट्याउन असफल भएको टिप्पणी गरेको छ । सम्पूर्ण आर्थिक मूल्यांकनबिना जग्गा वितरण गर्नु भूमिसुधारको उद्देश्यविपरीत भएको उनीहरूको बुझाइ छ ।
रास्वपाले भूमि नीति दिगो विकास र सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले कानुनी मापदण्ड बलियो बनाउन आवश्यक रहेको जनाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.