भदौ ०५, चितवन – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चितवनलाई नेपालको राजनीतिक इतिहासमा विशेष स्थान दिने ‘राजनीतिक राजधानी’को रूपमा सम्मान गर्दै पार्टीभित्र गुटबन्दी अन्त्य गरी साझा नीति अपनाउनुपर्नेमा जोड दिएका छन्।
चितवनमा आयोजित बालकृष्ण सापकोटाको पहिलो वार्षिक स्मृति दिवसमा बोल्दै सांसद खतिवडाले जिल्लाले प्रजातान्त्रिक राजनीतिमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसलाई ‘प्रजातन्त्रको जननी’को रूपमा चिनाउन सकिएको बताए। उनका अनुसार, भले नेपालको राजधानी काठमाडौँ हो, तर देशभरका धेरै नागरिकहरू यहाँ आएर बसोबास गर्दै आएका छन् र अहिलेको राष्ट्रपतिसमेत यही चितवनमा हुर्किएको हो।
सांसद खतिवडाले बाग्लुङमा जन्मिएका बालकृष्ण सापकोटाको स्मरण र परम्पराले नयाँ पुस्तामा राजनीतिक इतिहास र चेतना जगाउने काम गरेको बताए। उनले भने, “मान्छेको इतिहास जोगाउने जिम्मा जीवितको मात्र होइन, स्मरण परम्पराले नयाँ पुस्तालाई आकर्षित गर्ने माध्यम हो।”
नेपाली कांग्रेसको योगदानमा चर्चा गर्दै खतिवडाले पार्टीले हिजो बन्दुक उठाउने शक्तिहरूलाई लोकतान्त्रिक व्यवस्थामा ल्याउने र बहुदल तथा गणतन्त्रको स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएको स्मरण गराए। उनले पार्टीले अपनाएको सिद्धान्तलाई निरन्तरता दिनुपर्ने तर पार्टीलाई कमजोर बनाउने अवस्था उत्पन्न हुन नदिनुपर्नेमा जोड दिए।
सांसद खतिवडाले हालको राजनीतिमा देखिएका समस्याहरूबारे चिन्ता व्यक्त गर्दै, प्रचार, आलोचना र विश्वासको राजनीति कमजोर हुनुले जनतामा राजनीतिप्रति विकर्षण बढाएको बताए। उनले पार्टीभित्र ‘मेरो’ भन्दा ‘हाम्रो’ प्राथमिकता दिनुपर्ने, नेताका नातेदार वा दाताका मान्छेलाई मात्र समर्थन नगरी मेहनती कार्यकर्तालाई अघि ल्याउने आवश्यकता औंल्याए।
सांसद खतिवडाले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता त्यागी नेताहरूको आदर्शलाई स्मरण गर्दै अहिलेका पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर पार्टीलाई पहिलो र प्रिय बनाउने लक्ष्यमा काम गरिरहेको बताए। उनले ‘गुटको राजनीति’ त्यागेर ‘जुटको राजनीति’ गर्दै ‘हाम्रो र राम्रो’ मान्छेलाई स्थापित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा सांसद खतिवडाले पुराना अग्रजहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने वातावरण सिर्जना गर्न चितवनले सुरु गरेको परम्परालाई देशव्यापी बनाउन सकिएमा जनतालाई राजनीतिप्रति आकर्षित गर्न सकिने बताए। उनले पार्टीभित्र विश्वासको वातावरण सिर्जना गर्न, गुटको राजनीति त्यागी जुटको राजनीति अपनाउन र राम्रो काम गर्ने कार्यकर्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए, जसबाट कांग्रेस सधैं पहिलो पार्टी बन्न सक्ने विश्वास व्यक्त गरे।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.