पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र प्रतिबद्धता स्पष्ट पार्दै आगामी दिनमा पनि नेकपा एमालेमै सक्रिय कार्यकर्ता बनेर काम गर्ने घोषणा गरेकी छन्।
काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू माले कालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएको स्मरण गराइन्। “म पार्टीको सदस्य हुँ, सिद्धान्त र धारणामा दृढ छु, त्यसकै आधारमा निरन्तर काम गर्नेछु,” भण्डारीले भनिन्।
उनले पार्टीभित्र देखापरेका विकृति–विसंगतिको खुलेर प्रतिवाद गर्ने अठोट पनि व्यक्त गरिन्। “पार्टीलाई कमजोर बनाउने अभ्यास भए त्यसको प्रतिरोधमा म सदैव अग्रपंक्तिमा रहनेछु,” उनको भनाइ थियो।
भण्डारीले च्यसालस्थित एमाले केन्द्रीय कार्यालयको नाम लिएर आफ्नो सदस्यता नै प्रश्नवाचक बनाइएको गुनासो गरिन्। उनले स्पष्ट पार्दै भनिन्, “माले कालदेखि नै सदस्यता लिएको हुँ। ०३७ सालमा सदस्य बनेको ४५ वर्ष भइसकेको छ। राष्ट्रपतिको शपथ लिँदा पनि म एमालेकै सदस्य थिएँ। पार्टीको निर्णयअनुसार राष्ट्रको लागि जिम्मेवारी बहन गरेको हुँ।”
उनले आलोचना र विमर्शलाई आवश्यक ठहर गर्दै तथ्यका आधारमा मात्र प्रस्तुत गर्न आग्रह गरिन्। “म आलोचनाभन्दा बाहिर छैन। आलोचना गर्नुपर्छ भने प्रमाणसहित गर्नुपर्छ,” उनले भनिन्।
यससँगै उनले एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) प्रति आफ्नो आस्था दोहोर्याइन्। उनले भने, “जबजलाई एमालेले मार्गदर्शन सिद्धान्तको रुपमा लिएको छ। त्यसको मर्म र भावनाअनुसार काम भइरहेको छ कि छैन भन्ने गम्भीर समीक्षा गर्ने बेला आएको छ।”
यसरी पूर्वराष्ट्रपति भण्डारीले आफ्नो निरन्तर सक्रियता, सिद्धान्तप्रतिको निष्ठा र पार्टीप्रतिको योगदानलाई स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध अझ मजबुत बनाउने सन्देश दिएकी छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.