×

सगरमाथा आरोही शिवबहादुर सापकोटा, नेपाल पर्वतारोहण संघ महासचिवमा स्वतन्त्र उम्मेदवार

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथासहित थुप्रै हिमशिखर सफलतापूर्वक आरोहण गरेर नेपालको गौरव बढाएका शिवबहादुर सापकोटा अहिले नेपालको पर्वतीय पर्यटन नेतृत्वमा अघि बढेका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए) को भदौ ७ गते हुने निर्वाचनमा उनी महासचिव पदका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

सापकोटालाई पर्वतीय पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायी, मजदुर, गाइड, आरोही तथा शुभेच्छुकहरूले साझा उम्मेदवारका रूपमा अघि सारेका छन् । संघका ८१३ साधारण सदस्यको विश्वास जित्न उनी मैदानमा उत्रिएका हुन् ।

रामेछापको सुनापातीमा जन्मिएका सापकोटा बाल्यकालदेखि नै पर्वतसँग आत्मीय सम्बन्ध गाँसिएका व्यक्तित्व हुन् । निरन्तर संघर्ष र मेहनतका माध्यमबाट उनले २०१३ मा पहिलो पटक सगरमाथा आरोहण गर्दै नेपालको मात्र नभई सम्पूर्ण नेपाली आरोहीहरूको क्षमता विश्वसमक्ष प्रस्तुत गरेका थिए । उनका आरोहणहरू व्यक्तिगत उपलब्धिमा सीमित नभई वातावरण संरक्षण, जलवायु न्याय र नेपाल पर्यटन प्रवर्द्धनसँग समेत जोडिएका छन् ।

सत्य र न्यायको पक्षमा खरो आवाज उठाउँदै सापकोटाले पर्वतीय पर्यटनका चुनौती समाधानका लागि सरकार र सम्बन्धित निकायसँग निरन्तर पहल गर्दै आएका छन् । यसैले उनलाई केवल सफल आरोही मात्र नभई सेवा भावना र नेतृत्व क्षमताले सम्पन्न अभियन्ता मानिन्छ ।

सापकोटा यसअघि पनि विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका छन् । उनी नेपाल पर्वतारोहण संघको कार्यकारी बोर्ड सदस्य, एभरेस्ट समिटियर्स एसोसिएसनका महासचिव र सगरमाथा आरोही संघका महासचिवसमेत भइसकेका छन् । सगरमाथा पदक र जनसेवा श्रीजस्ता प्रतिष्ठित सम्मान प्राप्त गरेका उनले आरोहीहरूको पहिचान, सम्मान र सुविधा सुनिश्चिततामा महत्वपूर्ण योगदान दिएका छन् ।

महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले सदस्य–हित केन्द्रित एजेन्डा सार्वजनिक गरेका छन् । जसअन्तर्गत संघको सचिवालयलाई चुस्त, पारदर्शी र परिणाममुखी बनाउने, आधुनिक प्रविधि र नीतिगत सुधारमार्फत आरोही तथा व्यवसायीका समस्या समाधान गर्ने, २४ घण्टा आपतकालीन सहायता डेस्क स्थापना गर्ने, आरोही कल्याणकारी कोषलाई सुदृढ बनाउँदै घाइते वा दिवंगत सदस्यका परिवारलाई सहयोग गर्ने, सेवानिवृत्ति कोष स्थापना गर्ने, पोखरा अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयलाई विश्वस्तरीय प्रवर्द्धन गर्ने, युवालाई रोजगारी सिर्जना गर्ने तथा संघभित्र पारदर्शिता र खर्च व्यवस्थापनमा कठोरता लागू गर्ने योजना रहेका छन् ।

उनी भन्छन्, “मेरो संकल्प व्यक्तिगत पद वा प्रतिष्ठाका लागि होइन, सदस्य र संस्थाको हितका लागि हो । तपाईंहरूको सुझाव नै मेरो एजेन्डा हुनेछ, तपाईंहरूको विश्वास नै मेरो शक्ति हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.