काठमाडौँ —
दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै सरकार आगामी भदौको अन्तिम साताबाट देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ। उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएका हुन्।
यस योजनाका लागि सरकारले झण्डै ३ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिसकेको मन्त्रालयले जनाएको छ। ती मध्ये, खाद्य कम्पनीलाई वर्षभरि सुपथ मूल्य पसल सञ्चालन गर्न २ करोड ५२ लाख रुपैयाँ छुट्याइएको छ भने साल्ट ट्रेडिङलाई १ करोड ३५ लाख रुपैयाँ रकम दिइएको छ।
पसल सञ्चालन भदौको अन्तिम साताबाट सुरु हुने भए पनि औपचारिक मिति ढुवानी सम्झौता भएपछि मात्र तय हुने खाद्य कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए। उनका अनुसार, यस वर्ष देशभर १०० भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको छ। अघिल्लो वर्ष ६६ स्थानमा मात्र पसल सञ्चालन गरिएको थियो।
साल्ट ट्रेडिङ कर्पोरेसनले पनि ३८ भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको छ। संस्थाका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार, मन्त्रालयसँग समन्वय गर्दै तयारीहरू तीव्र पारिएको छ। तर अझै पसल सुरु हुने मिति भने तोकिएको छैन।
यी पसलहरूबाट चामल, दाल, तेल, चिनी, नुन, चिउरा, घ्यू, साथै जुम्ली मार्सी, तिते फापर, कागुनो, चिनो जस्ता स्थानीय उत्पादनहरू छुटसहित बिक्री गरिनेछ। साथै, थापाथली केन्द्रबाट खसी, बोका, च्याङ्ग्राजस्ता जिउँदो जनावर पनि उपलब्ध हुने खाद्य कम्पनीले जनाएको छ।
गत वर्ष खाद्य कम्पनीले खाद्य सामग्रीमा ५ देखि १० रुपैयाँ र जिउँदो जनावरमा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिएको थियो।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्व विशेष बजार अनुगमन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। तीज सकिएपछि अनुगमन क्यालेन्डर जारी गरिने र दैनिक अनुगमन टोलीले मूल्य नियन्त्रणमा ध्यान केन्द्रित गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन्।
विभागले दाल, चामल, तेल, तरकारी र मासु जस्ता अत्यावश्यक वस्तुमा एमआरपी पालना गराइएको सुनिश्चित गर्न डिलर र खुद्रा व्यापारीहरूमा निगरानी गरिरहेको छ। हाल पाँचवटा टोलीले नियमित अनुगमन गरिरहेको र बजारमा मूल्यवृद्धि नभएको उनले बताए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.