×

अध्यागमन प्रणाली सुधारका लागि उच्चस्तरीय टोलीको अनुगमन

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौँ — अध्यागमन तथा भिजिट भिसा व्यवस्थापनमा देखिँदै आएका चुनौती र विवाद समाधान गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत अनुगमनमा पुगेको छ।

पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा रहेको सात सदस्यीय समितिले आइतबार अध्यागमन कार्यालयको तीन घण्टा लामो निरीक्षण गरेको हो। निरीक्षणका क्रममा समितिले कार्यालय प्रमुख तथा प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेसँग भिसा प्रक्रिया, जनशक्ति व्यवस्थापन, प्रविधिको अवस्था लगायतका विषयमा विस्तृत जानकारी लिएको थियो।

समितिले यसअघि पनि प्रमुख अधिकृत घिमिरेबाट प्रारम्भिक बयान लिइसकेको छ। अब तीन महिनाभित्र नीति, कानुन र संरचना सुधार सम्बन्धी सिफारिससहितको प्रतिवेदन सरकारसमक्ष बुझाउने समितिको कार्यादेश छ।

यसअघि जेठ ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही कार्यालयमा छापा मारेर तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। हाल सो विषयमा आयोगले अनुसन्धान जारी राखेको छ।

यस घटनापछि अध्यागमन प्रणालीको पारदर्शिता र जवाफदेहिता सुधार गर्न आवश्यक रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विशेष छानबिन समिति वा न्यायिक आयोग गठनको माग गरिरहेका छन्।

सरकारले अध्यागमन प्रणालीलाई पारदर्शी, सुचारु र नागरिकमैत्री बनाउन प्रतिबद्धता जनाएको छ भने अनुगमनको प्रतिवेदनमार्फत सुधारको आधार तय हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.