×

तनहुँ जलविद्युत् आयोजनामा बाढीसम्बन्धी सतर्कता प्रणाली सक्रिय, सेन्सर र साइरन जडान

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेकै १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा सेती नदीको पानीको सतहको निगरानी गर्न विशेष सेन्सर जडान गरिएको छ। मनसुनको समयमा बाढीबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्ता प्रविधिहरू जडान गरिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार, सेन्सर जडानको उद्देश्य अस्थायी बाँध सुरक्षित राख्न, बाढीको जोखिम न्यूनीकरण गर्न तथा आकस्मिक अवस्थाको पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनु हो। उनले भने, “पानीको सतहको मापन प्रणालीले वास्तविक समयमा जानकारी दिने भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा सहयोग पुग्नेछ।”

भण्डारीका अनुसार, सेन्सरले मापन गरेका विवरणहरू मल्टिस्क्रिन डिस्प्ले बोर्डमार्फत देखाइनेछ, जसले सूचनाको तत्काल प्रवाह सम्भव बनाउँछ। दुर्गम क्षेत्रमा रातिको समयमा प्रत्यक्ष निगरानी गर्न कठिन हुने भएकाले यो प्रविधि अझ उपयोगी हुने अपेक्षा गरिएको छ।

आयोजनाले आपत्कालीन सूचना सम्प्रेषणलाई व्यवस्थित गर्न सेती नदीको जलस्तर खतराको तह नाघेमा तल्लो बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई मोबाइलमार्फत एसएमएस पठाउने व्यवस्था मिलाएको छ। यसका लागि प्रभावित क्षेत्रका नागरिकहरूको मोबाइल नम्बर संकलन भइसकेको आयोजनाले जनाएको छ।

भण्डारीले जानकारी दिएअनुसार, “तल्लो क्षेत्रमा रहेका समुदायलाई सतर्कता अपनाउन एसएमएस मार्फत समयमै जानकारी दिने व्यवस्था मिलाइएको छ। यसले सार्वजनिक सुरक्षालाई बलियो बनाउन ठूलो भूमिका खेल्नेछ।”

यस अतिरिक्त, आकस्मिक रुपमा बाँधको गेट खोल्दा उत्पन्न हुने सम्भावित बाढीको जोखिमबाट सचेत गराउन आयोजनाले १७ स्थानमा साइरन जडान गरिसकेको छ। होक्सेटारदेखि घुमाउने क्षेत्रसम्मका बासिन्दालाई पूर्वसूचना दिन यी साइरन स्थापना गरिएको हो।

भण्डारी भन्छन्, “१४० मिटर अग्लो बाँध निर्माणपछि नदीको सतहमा हुने संभावित उतारचढावबारे अग्रिम सूचना दिनका लागि साइरनहरू सञ्चालनमा आइसकेका छन्। साइरनले नदि किनारमा दैनिक क्रियाकलाप गरिरहेकाहरूलाई समयमै सचेत गराउनेछ।”

यी सबै उपायहरूले तनहुँ जलविद्युत् आयोजनालाई न केवल ऊर्जा उत्पादनमा, तर विपद् जोखिम न्यूनीकरणमा पनि जिम्मेवार परियोजनाका रूपमा स्थापित गराउने विश्वास लिइएको छ।

One thought on “तनहुँ जलविद्युत् आयोजनामा बाढीसम्बन्धी सतर्कता प्रणाली सक्रिय, सेन्सर र साइरन जडान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.