काठमाडौँको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढ्दै जान थालेको छ। रास्वपाका संघीय सांसद तथा पूर्व शिक्षामन्त्री शिशिर खनालको प्रभाव क्षेत्र मानिने यस नगरपालिकामा पछिल्लो समय कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरू त्यागेर रास्वपामा प्रवेश गर्नेको संख्या बढिरहेको छ।
त्यसैक्रममा तारकेश्वर नगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष अमृत थापा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। नगरको शुभकामना चोकमा शनिबार बिहान आयोजित कार्यक्रममा संघीय सांसद खनालले उनलाई रास्वपाको झण्डा र ब्याच लगाई पार्टीमा स्वागत गरेका हुन्।
नगर सभापति विनोद चापागाईंका अनुसार अमृत थापालाई पार्टीको जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। ‘थापाज्यूले अघिल्लो कार्यकालमा प्रभावकारी वडाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो, उहाँको अनुभव र लोकप्रियतालाई संस्थागत रूपमा प्रयोग गर्न हामीले उहाँलाई जिम्मेवारी दिएका हौं,’चापागाईंले भने ।
आजै तारकेश्वर वडा नं. ९, १० लगायतका विभिन्न वडाबाट रास्वपामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा स्वतन्त्र नागरिकहरू समेतले सामूहिक प्रवेश गरेका छन्। सभापति चापागाईंका अनुसार अब हरेक हप्ता रास्वपामा प्रवेश गर्नेहरुको लागि नियमित कार्यक्रमहरू आयोजना गरिनेछ।
तारकेश्वर नगरपालिकामा पछिल्लो समय नगर प्रमुख र उपप्रमुखबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले काम गर्न नसक्ने वातावरण, कार्यालयमा तालाबन्दी जस्ता समस्याका कारण नगरपालिका नै ठप्प जस्तै बनेको छ। यसले गर्दा तारकेश्वरबासी जनतामा निराशा फैलिएको र वैकल्पिक शक्तिप्रति आकर्षण बढ्दै गएको बताइएको छ।
नगर प्रमुख कृष्णहरी महर्जनप्रति पनि मतदाताहरूको असन्तुष्टि बढ्दै गएको छ। स्थानीयहरूका अनुसार ‘सबैसँग सन्तुलित सम्बन्ध राख्ने’ युवा नेतृत्व भनेर जितेका महर्जन अहिले बल र तुजुक प्रदर्शन गर्ने प्रवृत्तिका कारण आलोचित भइरहेका छन्। यसले गर्दा कांग्रेस र एमालेका समर्थकहरूले समेत रास्वपालाई वैकल्पिक शक्तिका रूपमा हेर्न थालेका छन्।
पूर्व शिक्षामन्त्री शिशिर खनाल स्वयं शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। उहाँले सन् २०२३ को जनवरी १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा पदभार सम्हाल्नुभएको थियो। शिक्षामा प्रणालीगत सुधारको पक्षमा रहे पनि उहाँको कार्यकाल छोटो रहँदा त्यसमा सीमित उपलब्धि मात्रै रह्यो। मन्त्री पदबाट राजीनामा दिएपछि खनाल अहिले रास्वपाको सांगठनिक विस्तारमा सक्रिय रहँदै आएका छन्।
रास्वपाको बढ्दो प्रभाव र जनप्रतिनिधिप्रति बढ्दो असन्तुष्टिको बीच, आगामी स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिका रास्वपाको किल्ला बन्ने संकेत गरेको सञ्चारकर्मी समेत रहेका सामाजिक अभियन्ता सुशान्त न्यौपाने बताउँदछन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.