×

“चितवनमा विद्युत आपूर्तिको अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या हो : नेपाल विद्युत प्राधिकरण”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

चितवनको चनौली वितरण केन्द्रअन्तर्गत देखिएको विद्युत आपूर्तिको अवरोधबारे नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणले समस्या आएको स्पष्ट पारेको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा प्राधिकरणले सामाजिक सञ्जालमा लोडसेडिङसम्बन्धी भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै हालको अवस्था लोडसेडिङ नभएको प्रस्ट पारेको हो।

प्राधिकरणले लोडसेडिङ नेपाली इतिहासमा समाप्त भइसकेको बताउँदै अहिले देखिएको समस्या विद्युत प्रणालीमा बढ्दो लोड र प्राविधिक कारणले सिर्जिएको जनाएको छ।

चनौली ३३/११ केभी (बसेनी) सबस्टेसनबाट न्यू भरतपुरतर्फ जाने ३३ केभी लाइनमा लोड अत्यधिक बढेकाले आपूर्तिमा समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ। वर्षायाममा पर्याप्त वर्षा नहुँदा सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत लोडसमेत बढेको र त्यसले प्रणालीमा थप चाप बढाएको जनाइएको छ।

यस समस्यालाई व्यवस्थापन गर्न ट्रान्सफर्मर परिवर्तन र लोड व्यवस्थापन आवश्यक परेकाले केही समय विद्युत अवरुद्ध रहने जानकारी दिँदै त्यसको तालिका सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ। तर, यस तालिकालाई ‘लोडसेडिङ तालिका’ भन्दै प्रचार गर्नु अनुचित र भ्रामक भएको प्रष्ट पारिएको छ।

प्राधिकरणले भनेको छ, “वर्षातमा अपेक्षाअनुसार पानी नपर्दा सिँचाइ लोड अत्यधिक बढेको छ। यसलाई सन्तुलनमा ल्याउन लाइन तथा ट्रान्सफर्मर अदली-बदली आवश्यक भएकाले अस्थायी रूपमा आपूर्ति अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको हो।”

विज्ञप्तिमा उल्लेख गरिएअनुसार केही सञ्चारमाध्यमले समाचारको शीर्षकमा लोडसेडिङ उल्लेख गर्दा वास्तविकता विपरित प्रस्तुति भएको बताइएको छ। प्राधिकरणका जिम्मेवार अधिकारीहरूका अनुसार यो अवस्था लोडसेडिङ मान्न मिल्दैन र बुधबारभित्र समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यसैबीच, दीर्घकालीन समाधानका लागि बसेनी १३२ केभी सबस्टेसनबाट चनौलीसम्म नयाँ ३३ केभी लाइन निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ। उक्त काम सम्पन्न भएपछि समस्या स्थायी रूपमा अन्त्य हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

प्राधिकरणले समस्या पूर्ण रूपमा प्राविधिक भएको उल्लेख गर्दै आगामी दुईदेखि तीन दिनभित्र नियमित आपूर्ति सुनिश्चित गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.