×

ओमप्रकाश पंगेनीको नेतृत्वमा हैदराबादमा रबि लामिछानेको पक्षमा १७०० हस्ताक्षर संकलन

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

भारतको हैदराबाद, तेलंगानामा रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।

उक्त अभियान सुरु भएको एक महिनाभित्रै हालसम्म १७०० जनाले हस्ताक्षर गरेर रबि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन्। प्रवासी नेपालीहरूको सक्रियतामा सञ्चालन गरिएको यो अभियानले लामिछानेमाथि भइरहेको व्यवहारलाई अन्यायपूर्ण भन्दै विरोध जनाएको छ।

आयोजक ओमप्रकाश पंगेनीका अनुसार, यो अभियान कुनै पनि दलको पक्षमा नभई स्वतन्त्र नागरिकको स्वतन्त्र आवाज हो।

अभियानको उद्देश्य भनेको राजनीतिक प्रतिशोधको विरुद्ध आवाज उठाउनु र नागरिक स्वतन्त्रताको पक्षमा उभिनु रहेको छ। अभियान अझै जारी रहने र थप नेपाली समुदायसम्म पुग्ने तयारीसमेत गरिएको पंगेनीले जानकारी दिए।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x