राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकहरूका विभिन्न समस्या र मागहरू प्रस्तुत गरेका छन्।
प्रतिनिधि मण्डलले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वृद्ध भत्ताको वितरण प्रणालीमा सुधार गर्नुपर्ने, आर्थिक अवस्थाका आधारमा भत्ता दिनुपर्ने, नागरिकता नपाएका ज्येष्ठ नागरिकलाई नागरिकता उपलब्ध गराउनुपर्ने तथा संयुक्त परिवारको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने लगायतका मुद्दा राखेका थिए।
जवाफमा राष्ट्रपति पौडेलले उठाइएका समस्याप्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै, सम्बद्ध निकायहरूलाई आवश्यक पहलका लागि सन्देश दिने र समस्याको समाधानमा आफूबाट सक्दो सहयोग रहने बताएका छन्।
