×

एमाले अध्यक्ष ओलीको निर्देशन — पार्टीभित्र कुनै मतभेद छैन, एकताबद्ध भएर मिसन ८४ मा लागौं

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

सोमबारदेखि च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक शक्ति बनाउन ‘मिशन ८४’ अन्तर्गत तयारी थाल्नुपर्ने आवश्यकता औंल्याए ।

ओलीले पार्टीमा उठ्नुपर्ने कुनै पनि विषय खुला रूपमा बैठकमै राख्न सकिने स्पष्ट गर्दै अहिले एमालेमाथि चारैतर्फबाट आक्रमणको प्रयास भइरहेकाले सबै एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।

बैठकमा अध्यक्ष ओलीले पार्टी फुटाउने वा विभाजन ल्याउने प्रयासबाट एमालेलाई जोगाउन नेता–कार्यकर्ता सबै एकै पंक्तिमा लाग्न आह्वान गरेका थिए ।

यसैबीच, गौतमका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा च्यासलमै अध्यक्ष ओली र भण्डारीबीच भेटवार्ता भएको थियो । सो अवसरमा पार्टी सदस्यताको विषयमा खुला रूपमा छलफल गरिएको र अन्तिम निर्णय केन्द्रीय कमिटीबाटै हुने ओलीले बैठकमा जानकारी गराएका थिए ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव, संगठनात्मक योजना, विधान महाधिवेशनको तयारी र समसामयिक प्रस्तावहरूबारे छलफल भइरहेको छ ।

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने विषय समावेश गरिएको छ । प्रस्ताव पारित भएपछि विधान महाधिवेशनमा पेश गरिने एमालेले जनाएको छ ।

एमालेले भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.