×

पश्चिम सेती कोरिडोरमा बहुपक्षीय सहकार्य : ऊर्जा विकास र विद्युत् बिक्रीमा सरकारको प्रतिबद्धता

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अबदेखि देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् ।

सोमबार सम्पन्न पश्चिम सेती कोरिडोर अन्तर्गत जलविद्युत् परियोजनाहरू र ४०० केभी प्रसारण लाइन निर्माणसम्बन्धी बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रसारण पूर्वाधार अभाव हटाउन यो सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सरकार ऊर्जा विकासको मार्गचित्रअनुसार लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि विद्युत् उत्पादन र विक्रीका लागि अनुकूल वातावरण बनाउन पहल भइरहेको जानकारी दिए ।

पश्चिम सेती कोरिडोर क्षेत्रभित्र जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार विकासका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, चैनपुर सेती जलविद्युत् कम्पनी, चिलिमे सेती हाइड्रोपावर कम्पनी र समृद्धि इनर्जी लिमिटेडबीच आपसी समझदारी भएको छ ।

यस समझदारीअनुसार बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा त्यसमा जोडिने तीन प्रमुख जलविद्युत् आयोजना — चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट) को निर्माण, लगानी व्यवस्थापन र सञ्चालनमा संयुक्त सहकार्य हुनेछ ।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले ऊर्जा क्षेत्रमा सरकारी र निजी साझेदारी अपरिहार्य भइसकेको उल्लेख गर्दै यस्तो सहकार्यले प्रणाली सुधार गर्दै राष्ट्रिय उत्पादन क्षमतालाई प्रभावकारी बनाउने धारणा राखे । उनले विद्युत् व्यापार, प्रसारण पूर्वाधार विकास र निजी लगानी प्रवाहलाई सन्तुलनमा राख्दै आत्मनिर्भरता हासिल गर्न यो सहकार्यलाई रणनीतिक पहलका रूपमा लिनुपर्ने बताए ।

सम्झदारीमा संलग्न अधिकांश आयोजनाले आवश्यक पूर्वाधिकार — निर्माण स्वीकृति, वातावरणीय मूल्यांकन, विद्युत् खरिद सम्झौता, ग्रिड जडान र लगानी स्वीकृति — पार गरिसकेको जानकारी दिइएको छ ।

प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन र जग्गा अधिग्रहण कार्यसमेत सम्पन्न भइसकेको छ । यो सहकार्यले पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विकासमा गति दिँदै राष्ट्रिय प्रसारण प्रणाली सबल बनाउने र दीर्घकालीन रूपमा नेपाल–भारत विद्युत् व्यापारलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.