पछिल्लो एक साताको अवधिमा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चार वटा प्रदेशमा नयाँ संक्रमित फेला परेका हुन्।
संक्रमणमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २६ जना रहेका छन्। कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ।
उक्त साताको अवधिमा एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको समेत महाशाखाको तथ्याङ्कमा उल्लेख छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २४९ पुगेको छ।
