×

विनोद चौधरीको चेतावनी : ‘बैंकको सेयर ४० रुपैयाँमा पनि किन्ने कोही छैन, लगानीकर्ता धराशायी’

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेपाली कांग्रेसका सांसद तथा वरिष्ठ उद्योगपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्य अङ्कित मूल्यभन्दा धेरै घटिसकेको तर पनि खरीदकर्ता नपाइने अवस्था आएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयक’माथि भएको छलफलमा भाग लिँदै चौधरीले यस्तो अवस्था मुलुकको वित्तीय क्षेत्रप्रति लगानीकर्ताको घट्दो भरोसा र मनोबललाई देखाउने उल्लेख गरे।

उनले भने, “एक मित्रले १०० रुपैयाँ अंकित मूल्यको सेयर ४० रुपैयाँमै दिन तयार भएको बताए, तर किन्ने मान्छे पाउन गाह्रो भयो। यसले लगानीकर्ताको अवस्था प्रस्ट देखाउँछ।”

चौधरीले अर्थतन्त्रमा तरलता पर्याप्त भए पनि लगानीको माग कमजोर रहेको, बजारमा लगानी वातावरण नबन्दा बैंकको पैसा थन्किएको स्थिति रहेको बताए। यस्तो परिवेशमा बाफियालाई सुधार गरेर ल्याउनुपर्ने र हालको मस्यौदाले दीर्घकालीन दृष्टिकोण समेट्न नसकेको भन्दै पुनः लेखन गर्नुपर्ने सुझाव दिए।

उनले बैंकको सञ्चालकमा व्यवसायी वा लगानीकर्ता हुनु स्वार्थ द्वन्द्व हुने भन्ने धारणा गलत भएको प्रष्ट पारे। “बैंकको लगानीकर्ता भए भन्दैमा उसले मनपरी गर्न पाउँदैन, त्यहाँ नियम र नियामक निकाय छन्,” चौधरीले बताए।

चौधरीले वर्तमान बाफिया ऐनले डिजिटल बैंकिङ, अन्तर्राष्ट्रिय विस्तार, र विदेशी भूमिमा बैंक शाखा खोल्न जस्ता विषय समेट्न नसकेको उल्लेख गर्दै प्रश्न गरे — “के यो ऐनले हाम्रा बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्छ?”

उनले पूर्वाधार विकासका लागि चाहिने दीर्घकालीन पूँजी उपलब्ध गराउन नसकेको उल्लेख गर्दै निफ्रा (पूर्वाधार विकास बैंक) पनि छोटो अवधिका ऋण दिने संस्था मात्रै बनेकोप्रति असन्तुष्टि जनाए। “१० वर्ष लाग्ने जलविद्युत परियोजनामा छोटो अवधिको ऋणले समस्या मात्र थप्छ,” चौधरीले भने।

अन्त्यमा चौधरीले आगामी मौद्रिक नीति र बाफिया संशोधन ऐनले एकअर्कालाई परिपूरक बनाउँदै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.