बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि निर्धारण गरिएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ। त्यसपछि खर्च कटौतीसम्बन्धी प्रस्ताव पेश गरिनेछ।
बजेटको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच देखिएको असहमतिका कारण यसअघि तय भएका दुई बैठकहरू सूचना टाँसी स्थगित गर्नुपरेको थियो।
यसपटक बैठक नियमित रूपमा सञ्चालन गर्न सबै पक्षलाई समेट्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले जनाएका छन्।
