ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र मुलुकका सबै क्षेत्रलाई विद्युत् पहुँचमा ल्याउने सरकारको स्पष्ट लक्ष्य रहेको बताएका छन्।
बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले सरकारले विद्युत् पहुँचलाई पूर्ण बनाउँदै वार्षिक प्रतिव्यक्ति खपत १५०० युनिट पुर्याउने तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार सो लक्ष्य हासिल गरेपछि नेपाल ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा स्थापित हुनेछ र करिब ८८ अर्ब ८६ करोड रुपैयाँ बराबरको राजस्व संकलन सम्भव हुनेछ।
‘सरकारको योजना अनुसार करिब ८ लाख ६५ हजारभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाउनेछन्,’ मन्त्री खड्काले भने, ‘अप्रत्यक्ष रूपमा पनि लाखौँ रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ।’
मन्त्री खड्काले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित योजनाहरू अघि बढाइएको जानकारी पनि बैठकमा दिए।
