×

अजयबाबु शिवाकोटीको कडा आपत्ति : ‘निजामती विधेयकमा संसदको मर्ममाथि खेलवाड’

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको संशोधनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिनिधिसभाबाट दुई वर्षे ‘कुलिङ पिरियड’ स्पष्ट रूपमा पारित भइसकेपछि त्यसको मर्म विपरीत गरिएको फेरबदललाई संसदप्रतिको अपमान भनेका छन्।

शिवाकोटीले मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकमा केही व्यक्तिको साँघुरो स्वार्थका लागि गरिएको संशोधन लोकतान्त्रिक मूल्य र संसदप्रति भएको विश्वासमाथि प्रहार भएको बताएका छन्।

उनको भनाइमा, नागरिकलाई जानकारी नदिई संसदलाई झुक्याउने शैलीमा गरिएको विधेयकको संशोधन गम्भीर धोका हो। उनले लेखेका छन्, “संसदलाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन,” भन्दै तत्काल संसदीय छानबिनको माग समेत गरेका छन्।

शिवाकोटीले स्पष्ट रूपमा संसदबाट पारित विधेयकमा कसको निर्देशनमा, कसरी र किन फेरबदल गरियो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार यस्तो कार्यले संसदीय प्रणालीमाथि खतरा उत्पन्न गराएको छ र यसको प्रतिकार आजैबाट थालिनु आवश्यक छ।

हालै निजामती सेवा ऐनबाट कुलिङ पिरियडको प्रावधान हटाइएकोप्रति चौतर्फी आलोचना भइरहेको बेला कांग्रेस नेताको यो धारणा सार्वजनिक रूपमा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.