आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राज्यका सबै तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गर्दै देशव्यापी आन्दोलनको तयारी थालेको छ।
मंगलबार मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिताले एक प्रेस विज्ञप्ति जारी गर्दै महिला सहभागिता सुनिश्चित गर्न संघर्षका विविध कार्यक्रम अघि बढाइने जानकारी दिइन्। उनका अनुसार, यस अभियानलाई सशक्त बनाउँदै सातवटै प्रदेशमा इन्चार्ज र अध्यक्ष तोकिएको छ।
प्रदेशगत जिम्मेवारी यस प्रकार छ:
-
कोशी प्रदेश: इन्चार्ज– गायत्री राई, अध्यक्ष– ममता चौधरी
-
मधेस प्रदेश: इन्चार्ज– रेहाना खातुन, अध्यक्ष– किरण यादव
-
उपत्यका विशेष प्रदेश: इन्चार्ज– रञ्जु साह, अध्यक्ष– मिनादेवी साह
-
बागमती प्रदेश: इन्चार्ज– देवकुमारी साह, अध्यक्ष– अनिता थापा
-
गण्डकी प्रदेश: इन्चार्ज– सीता सुवेदी, अध्यक्ष– ज्योति शेर्पा
-
लुम्बिनी प्रदेश: इन्चार्ज– विद्या शर्मा, अध्यक्ष– विमला विक
-
कर्णाली प्रदेश: इन्चार्ज– सीमा जयसवाल, अध्यक्ष– हरिकला देवकोटा
-
सुदूरपश्चिम प्रदेश: इन्चार्ज– फुलबदनदेवी पटेल, अध्यक्ष– आशा सञ्जेल
महिला मोर्चाले हालै सम्पन्न बैठकमार्फत महिलाको हकअधिकार, लैंगिक विभेद विरुद्धको आवाज, संगठन सुदृढीकरण तथा संघर्षका कार्यक्रमलाई व्यापक बनाउने निर्णयसमेत गरेको जनाएको छ।
अध्यक्ष बबिताले महिलाको उपस्थितिलाई संख्यात्मक मात्र होइन, नेतृत्व तहमा समेत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै महिलाको ५१ प्रतिशत प्रतिनिधित्व नहुन्जेल समानता सम्भव नहुने धारणा व्यक्त गरेकी छन्।
