काठमाडौंस्थित बुढानीलकण्ठ नगरपालिका–१०, कपन मिलनचोकमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका १९ जना विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन्।
४ जीपीए ल्याउने विद्यार्थीहरूमा अंशु गुरूङ, आयुशा देउजा, अर्पना कुमारी चौधरी, अस्मिता निरौला, आश्रिया भट्टराई, विविशा खत्री, विधेयक भट्टराई, इभान्जेलिना मैनाली, काजोल पण्डित, कुशल बानियाँ, प्रशिद्ध केसी, प्रार्थना अधिकारी, प्रतीक कार्की, रिचा पौडेल, रोशनी साह रौनियार, समीर तामाङ, सौगात ज्ञवाली, शीतल उपाध्याय र युगिन नेपाल रहेका छन्।
विद्यालयका अनुसार यस वर्ष एसईईमा कुल १०२ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ७८ जनाले ३.६० देखि ३.९९ जीपीए हासिल गरेका छन् भने ५ जनाले ३.३३ देखि ३.५९ सम्मको जीपीए प्राप्त गरेका छन्।
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयको सफलता आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक–शिक्षिका, अनुशासित वातावरण र गुणस्तरीय व्यवस्थापनको फल भएको बताए। उनले विद्यालयको उपलब्धिमा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सबैको समान योगदान रहेको उल्लेख गर्दै सबैलाई बधाई दिएका छन्।
विद्यालयका प्राचार्य खेमलाल भुषालले देशभरका संस्थागत विद्यालयहरूबीच रिलायन्स इन्टरनेशनल एकेडेमीले सबैभन्दा धेरै विद्यार्थीलाई ४ जीपीए दिलाएको दाबी गरे।
यो विद्यालय २०५० सालदेखि सञ्चालनमा रहेको हो। २०७० सालको एसएलसी र २०७५ सालको एसईईमा समेत उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय पुरस्कार जितिसकेको विद्यालयले २०७९ सालमा बागमती प्रदेशस्तरमा प्रथम स्थान हात पार्दै प्रदेश सरकारबाट सम्मान पाएको थियो। गत वर्ष दोस्रो स्थानमा रहन सफल भएको यस विद्यालयले उत्कृष्ट नतिजाको निरन्तरता कायम राखेको छ।
