जनकपुरबाट काठमाडौं ल्याइँदै गरेका एक बिरामीको बीपी राजमार्गमा बाटोमै ज्यान गएको छ। ब्रेन ह्यामरेजका कारण गम्भीर अवस्थामा रहेका महोत्तरी मनराशिसवा–२ का भरतलाल झा सोमबार दिउँसो एम्बुलेन्समा काठमाडौं आउँदै गर्दा निधन भएको हो।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा माथिबाट आएको लेदोले सडक थुनिएपछि साँझ ५ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। सोही अबरोधका कारण एम्बुलेन्स पनि जाममा परे। त्यही बेला ४ वटा एम्बुलेन्स रोकिएका थिए, जसमध्ये एकमा सवार भरतलालको अवस्था गम्भीर बन्दै गयो।
बिरामीको अवस्था जटिल देखिएपछि उनलाई नजिकैको भकुण्डेस्थित प्रादेशिक अस्पताल, मेथिनकोट लगिएको थियो। तर अस्पताल पुग्दासम्म उनले सास छाडिसकेका थिए। अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाका अनुसार, अस्पताल आइपुग्दा बिरामीको निधन भइसकेको पुष्टि भएको हो।
‘जामकै कारण ज्यान गएको हो कि भन्ने कुरा हाम्रो पुष्टि क्षेत्रभन्दा बाहिरको हो,’ डा. झाले भने, ‘तर अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो।’
भरतलालका आफन्तले सास रोकिएपछि उनलाई तत्काल अस्पताल पुर्याएका थिए। अहिले मृतकको शव महोत्तरीतर्फ फर्काइएको मेयर मोहन पाण्डेले जानकारी दिएका छन्।
सडक खुलाउन इलाका प्रहरी कार्यालय मंगलटार र सडक विभागको टोली सक्रिय रहेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले प्राथमिकतामा एम्बुलेन्सलाई पास गराएर अन्य सवारीलाई पनि बिस्तारै सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन्।
बीपी राजमार्गमा गाउँगाउँबाट बग्ने लेदो र पहिरोका कारण बारम्बार अवरोध हुने समस्या छ। यसअघि पनि पात्लेखेत क्षेत्र आसपासमा यस्तै घटनाहरू भइसकेका थिए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.