×

तीन वर्षपछि समातिए श्रीमती हत्याका फरार अभियुक्त!

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

१६ असार, काठमाडौं — आफ्नै श्रीमतीको हत्या अभियोगमा फरार रहँदै आएका एक युवक तीन वर्षपछि प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्ने व्यक्ति रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले हालै पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार मन्सुरीले २०७८ माघ २६ गते २० वर्षीया पत्नी चाँदनी खातुनको सलले घाँटी थिची हत्या गरेका थिए। मृत अवस्था गहुँ खेतमा फेला परेकी चाँदनीको मुखमा समेत सल कोचिएको थियो। घटनापछि मन्सुरी फरार रहँदै आएका थिए।

अब उनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई कर्तव्य ज्यानसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x