×

नेपालमै यस्तो धन्दा? महिलाको गोप्य भिडियो बनाएर व्यापार!

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

काठमाडौँ — अश्लील भिडियो बनाउने र बिक्री गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–६ स्थायी ठेगाना भई हाल काठमाडौँ टोखा नगरपालिका ग्राण्डी क्षेत्रमा बस्दै आएका २९ वर्षीय रमेश थापा रहेका छन्।

प्रहरीका अनुसार थापाले नेपाल र विदेशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील गतिविधिमा संलग्न गराउने काम गर्दै आएका थिए। यस्ता सामग्री संकलन गरी बिक्री–वितरणसमेत हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक अपिल राज बोहराले दिएको जानकारीअनुसार, थापामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा १२१ अनुसार अश्लील सामग्री निर्माण र वितरणसम्बन्धी मुद्दा लगाइएको छ। हाल उनलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x