×

इडाहोमा डढेलो निभाउन गएका अग्निनियन्त्रकमाथि आक्रमण, दुईको मृत्यु

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

अमेरिकाको इडाहो राज्यमा डढेलो निभाउन खटिएका दुई जना अग्निनियन्त्रकको गोली हानी हत्या गरिएको छ। घटनामा अर्का एकजना घाइते भएका छन् र अहिले उनको उपचार भइरहेको बताइएको छ।

घटनास्थल कोउर डी’एलेन सहरमा भएको हो। स्थानीय अधिकारीहरूले बताएअनुसार अज्ञात आक्रमणकारी वा आक्रमणकारीहरूको समूहले राइफल प्रयोग गरी सुरक्षा टोलीमाथि गोली प्रहार गरिरहेका छन्। गोली हान्नेको सङ्ख्या यकिन भइनसकेको बताइएको छ।

सेरिफ रोबर्ट नोरिसका अनुसार, विभिन्न दिशाबाट गोली चलेको र अवस्था अझै पनि जोखिमपूर्ण रहेको छ। यसै कारण जनतालाई त्यहाँबाट टाढा रहन अपिल गरिएको छ।

एफबीआईका अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन ‘रणनीतिक र सञ्चालन सहयोग’ प्रदान गरिरहेको जानकारी दिएका छन्।

इडाहो राज्यका गभर्नर ब्राड लिटलले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “यो हाम्रा बहादुर अग्निनियन्त्रकहरूमाथि गरिएको अत्यन्तै निन्दनीय आक्रमण हो। उनीहरू र उनीहरूका परिवारको लागि सबैले प्रार्थना गरौँ।”

हालसम्म घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर अनुसन्धान जारी रहेको जनाइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x