×

ऊर्जा मन्त्रालय र एचआईडीसीएलबीच कार्यसम्पादन करार, जलविद्युत् क्षेत्रमा पारदर्शिता र परिणाममुखी कार्यशैलीमा जोड

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन करार सम्पन्न भएको छ।

आइतबार मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा सचिव आचार्य र सीईओ थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। कार्यक्रममा मन्त्रालयका सहसचिवहरू र कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

ऊर्जा सचिव आचार्यका अनुसार, चालु आर्थिक वर्षका मुख्य योजनाहरू, हासिल गरिने उपलब्धिहरू र नतिजामूलक सूचकहरूको आधारमा करार गरिएको हो। सम्झौतामा कम्पनीको नीति तथा योजना, लगानीको मोडेल, आयोजना कार्यान्वयन, वित्तीय पारदर्शिता र संस्थागत सुदृढीकरणमा विशेष प्राथमिकता दिइएको छ।

यस करारअनुसार, एचआईडीसीएलले सार्वजनिक–निजी साझेदारीमा आधारित परियोजना प्रवर्द्धन, जलविद्युत् क्षेत्रमा लगानीको विस्तार, आन्तरिक क्षमता विकास र पारदर्शी वित्तीय प्रणाली विकासमा काम गर्नेछ।

ऊर्जा सचिव आचार्यले जलविद्युत् क्षेत्रमा दीर्घकालीन योजना कार्यान्वयनमा एचआईडीसीएलको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए। “लगानीको वातावरण मजबुत पार्न, सार्वजनिक विश्वास निर्माण गर्न र परियोजनाको वित्तीय व्यवस्थापन पारदर्शी बनाउन कार्यसम्पादन करार महत्वपूर्ण माध्यम हो,” उनले उल्लेख गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत थापाले संस्थागत उत्तरदायित्व, पारदर्शिता र परिणाममुखी नेतृत्वमा आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै जलविद्युत् क्षेत्रमा एचआईडीसीएललाई लगानीको मेरुदण्ड बनाउने लक्ष्य लिएको बताए।

कार्यसम्पादन करारलाई सार्वजनिक संस्थाहरूमा सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि एक प्रभावकारी अभ्यासका रूपमा लिइएको छ। यसले नेतृत्व र संस्थाबीचको भूमिका स्पष्ट गर्दै नतिजा उन्मुख कार्यशैलीलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.