×

टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा बयान दिंदै

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

टेलिकम ट्राफिक अनुगमन प्रणाली (टेरामक्स) खरिदमा भ्रष्टाचारको आरोप लागेका पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन्। उनले आफैं निवेदन दिएर अदालतमा हाजिर भएका हुन्।

विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बस्नेतको बयान भइरहेको छ। बयानपछि थुनछेकसम्बन्धी बहस हुनेछ र त्यसपछि उनलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा जमानतमा राख्नेबारे अदालतले आदेश दिनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूलाई तीन अर्ब २१ करोड ८३ लाखभन्दा बढी बिगो लगाइएको छ। बस्नेतमाथि सञ्चारमन्त्री हुँदा आफ्नै निर्णयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद गर्न निर्देशन दिएको आरोप छ।

अख्तियारका अनुसार, मन्त्री बस्नेतले स्वीकृत बजेटबिना, सम्भाव्यता अध्ययन नगरी र प्राधिकरणको स्वायत्तता उल्लंघन गर्दै टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए। यो प्रक्रिया दूरसञ्चार नियमावली २०५४ को दफा ३४(ग) विपरीत भएको दाबी आयोगले अदालतमा प्रस्तुत गरेको छ।

मुद्दा दायर भएलगत्तै बस्नेत स्वतः सांसद पदबाट निलम्बनमा परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.