×

रामकुमारी झाँक्रीको माग– पार्टी संकट समाधानका लागि अर्ली महाधिवेशन आवश्यक

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीमा देखिएको नेतृत्व संकट समाधानका लागि अर्ली महाधिवेशन आवश्यक भएको बताएकी छन्।

शनिबार लुम्बिनी प्रदेशमा आयोजित पार्टी निकट युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चयन जरुरी भएको धारणा राखिन्।

उनको भनाइमा, ‘पार्टीमा नेतृत्वकै विषयमा संकट आएको छ। यस्तो अवस्थामा संकट देखिएको भन्दै भाग्ने होइन, बरु पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्छ।’

झाँक्रीले अर्ली महाधिवेशनको बाटोबाट नयाँ नेतृत्व चयन गरी पार्टीलाई पुनः सशक्त बनाउने प्रस्ताव राखिन्। उनले भनिन्, ‘काँधमाथि मरेको सिनो बोकेर अब हिँड्न सकिन्न। अब नयाँ ढंगले अघि बढ्नुपर्छ।’

उनले अहिलेको केन्द्रीय समिति टिकाउ नहुने चेतावनीसमेत दिइन्। पूर्व पार्टी एकता र चुनावको नाममा भेला गरिएका व्यक्तिहरूबाट बनेको नेतृत्व संरचनाले लामो समयसम्म पार्टी धान्न नसक्ने उनको भनाइ थियो।

झाँक्रीले थप भनिन्, ‘यदि हामीले यही संरचनाबाट पार्टी चलाउने सोच्यौं भने यो संगठन चाँडै नै बिघटन हुन्छ।’

उनको अभिव्यक्तिले पार्टीभित्र नेतृत्व र संगठन निर्माणको विषयमा गम्भीर बहस उठेको संकेत दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x