×

मदन भण्डारीको सपना साकार पार्ने संकल्पसहित विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमन घोषणा

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

लामो समयदेखि राजनीतिमा पुनः सक्रिय हुने चर्चा चलिरहेकै बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः राजनीतिक पुनरागमनको औपचारिक घोषणा गरेकी छन्। स्वर्गीय जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यो घोषणा गरेकी हुन्।

शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले मदन भण्डारीको विचार र सपना साकार पार्नका लागि आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताइन्। कार्यक्रम मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको थियो, जसमा नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता रहेको थियो।

विद्याले जबज (जनताको बहुदलीय जनवाद) सिद्धान्तलाई अझ सुदृढ, व्यापक र व्यवहारमा उतार्न आवश्यक भूमिका निर्वाह गर्न आफूलाई सक्रिय गराउने बताइन्। उनले मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई देशव्यापी अभियानको रूपमा अघि बढाउने र सामाजिक न्याय, समानता तथा समृद्ध नेपाल निर्माणको संकल्पसहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।

उनले जबज नेपाली माटोमै जन्मिएको मौलिक राजनीतिक विचार भएको उल्लेख गर्दै यसको सार्थक कार्यान्वयन र निरन्तरतामा आफूले भूमिका खेल्ने स्पष्ट पारिन्। साथै, राजनीतिमा आफ्नो पुनः सक्रियताका पाँच प्रमुख कारण पनि उनले सम्बोधनमार्फत प्रस्तुत गरिन्— जबजको विस्तार, मदन भण्डारीको सपना साकार पार्ने संकल्प, एमालेको शक्ति विस्तारमा योगदान, नेपाली समाजको रूपान्तरण र सुशासनमा जोड, र जनस्तरमा रहेको आफ्नाे सक्रियताप्रतिको चाहना।

कार्यक्रममा उनले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो संघर्षपूर्ण राजनीतिक यात्राको स्मरण गर्दै विगतका अनुभवले आफूलाई परिपक्व बनाएको उल्लेख गरिन्। राष्ट्रपतिका रूपमा बिताएका ७ वर्षलाई जिम्मेवार र स्वाभिमानी भूमिका भएको भन्दै उनले मुलुक र जनताको हितमा निरन्तर लागिरहने सन्देश दिइन्।

कार्यक्रमको अन्त्यमा विद्याले नेकपा (एमाले) पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाउँदै, पार्टीप्रति गर्व गर्दै नयाँ जिम्मेवारीका लागि तयार रहेको घोषणासमेत गरिन्।

उनको सम्बोधनले भविष्यमा नेपाली राजनीतिमा नेतृत्वदायी भूमिकाका लागि उनी पुनः अग्रसर हुने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.