×

विपद्मा सम्भावना खोज्दै: कोभिडकालमै उद्योग विस्तार गर्ने आइएमई समूहको यात्रा

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेपालको रेमिटेन्स सेवा क्षेत्रमा क्रान्ति ल्याएको आइएमई समूहले पछिल्ला वर्षहरूमा बैंकिङ, पर्यटन, केबलकार, जलविद्युतजस्ता विविध क्षेत्रमा लगानी गर्दै आएको छ। अब भने समूहले उत्पादन क्षेत्रमा समेत पाइला चालेको छ।

आइएमईले एकैपटक दुईवटा उद्योग स्थापना गरेको थियो। तीमध्ये महोत्तरीस्थित ‘नेपाल पल्प एन्ड पेपर उद्योग’ करीब दुई अर्ब रूपैयाँको लगानीमा स्थापना भई गत फागुनदेखि सञ्चालनमा आएको छ। अर्कोतर्फ, रौतहटको विजयपुरमा स्थापना गरिएको ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड’ पनि हालै उत्पादन गरेर बजारमा प्रवेश गरिसकेको छ। यसमा करिब डेढ अर्ब रूपैयाँ लगानी गरिएको छ।

यी दुवै परियोजना कोभिड महामारीको कठिन समयमा सुरू गरिएको थियो। जब धेरै लगानीकर्ता सन्त्रस्त थिए, त्यही बेला आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले संकटलाई अवसरमा रूपान्तरण गर्दै उत्पादन क्षेत्रमा प्रवेश गरेका हुन्।

उनले भने, “जब सबै निराश थिए, हामीले अरूलाई प्रेरणा दिन सकियोस् भनेर नयाँ क्षेत्रमा लगानी गर्ने निर्णय गरेका थियौं।” उनका अनुसार असहज अवस्थाहरूमा पनि जोखिम उठाएर व्यवसाय अघि बढाउनु नै उद्यमशीलताको प्रतीक हो।

२००१ मा स्थापना भएको आइएमई समूहले माओवादी द्वन्द्व, राजनीतिक अस्थिरता र आर्थिक कठिनाइको समयमा सेवा सुरु गरेको थियो। सुरुमा रेमिटेन्स सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको कम्पनी अहिले २० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि आइएमई र ढकालको दूरदर्शिता र सकारात्मक सोचको प्रशंसा गरेका छन्। उनले आइएमईको २५ औं वार्षिकोत्सवमा भनेका थिए, “संकटको समयमा देशलाई रेमिटेन्स सेवा प्रदान गर्ने उद्देश्यले चन्द्र ढकालले लगानी अगाडि बढाउनु साहसी निर्णय थियो।”

कोभिडको कठिन समयमा उनले दर्जनौं परियोजनाहरू अगाडि बढाए, जसमा केबलकार, होटेल, उत्पादन र जलविद्युतजस्ता क्षेत्र समावेश छन्।

उद्योग र रोजगारी:

  • एभरेष्ट फाइबर सिमेन्ट बोर्डले दैनिक ३,५०० बोर्ड उत्पादन गर्ने क्षमता राख्दछ। यो बोर्ड घरको भित्ता, छत, फर्निचर तथा अस्थायी संरचना निर्माणमा उपयोगी छ। आगो र मौसम प्रतिरोधी यी बोर्डले पुनर्निर्माण र आपतकालीन अवस्थाहरूमा सहजता ल्याउने अपेक्षा गरिएको छ। यस उद्योगमा २०० भन्दा बढी स्थानीय जनशक्ति कार्यरत छन्, जसमध्ये ४०% महिला छन्।

  • महोत्तरीको पेपर उद्योगले कापी, फोटोकपी पेपर, टिस्यु पेपरजस्ता सामग्री उत्पादन गरिरहेको छ। दैनिक ७५ टन उत्पादन गर्ने यो उद्योगले निकट भविष्यमै १५० टन उत्पादन गर्ने लक्ष्य लिएको छ। अहिले ५०० जनाले यसमा रोजगारी पाएका छन्। यो उद्योगले सम्पूर्ण रूपमा नेपाली कच्चापदार्थ प्रयोग गर्छ।

अन्य परियोजनाहरू:

  • केबलकार क्षेत्रमा चन्द्रागिरिबाट सुरू भएको आइएमईको यात्रा अहिले मौलाकाली, लुम्बिनी, जाल्पादेवी (कैलाली), पाथीभरा (ताप्लेजुङ), र सिक्लेस (कास्की) परियोजनामा फैलिएको छ। लुम्बिनी केबलकारमा मात्रै पाँच अर्ब रूपैयाँको लगानी गरिएको छ।

  • हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स रिसोर्ट, ला हिमालय, इला कम्फर्ट (बागलुङ), लेकसाइड रिट्रिट (पोखरा), इला मौलाकाली (नवलपुर) लगायत पाँच होटल सञ्चालनमा छन्।

  • जलविद्युत क्षेत्रमा २७ मेगावाटको दोर्दी, ४२ मेगावाटको मिस्ती खोला परियोजना सञ्चालनमा छन् भने १५२ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी आयोजना निर्माणको चरणमा छ।

प्राविधिक तालिम र दीर्घकालीन दृष्टिकोण:

आइएमईले काठमाडौंमा प्राविधिक तालिम केन्द्र सञ्चालनमा ल्याएको छ, जसले आगामी १० वर्षमा १ लाख जनशक्तिलाई रोजगारीमूलक सीप दिने लक्ष्य राखेको छ।

अध्यक्ष ढकालका अनुसार उनी लगानी गर्ने बेलामा तीन पक्षलाई विशेष ध्यान दिन्छन्: सरकारी प्राथमिकता, जनसाधारणको प्रत्यक्ष फाइदा, र व्यावसायिक सम्भाव्यता। उनले भने, “नाफा मात्र होइन, जनफाइदा र दीर्घकालीन सोच पनि लगानीको मूल आधार हो।”

उनले सरकारसँग साझेदारीमा काम गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै नीति, कानुन र प्रक्रियामा सुधारको आवश्यकता औंल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.