×

पत्रकार ऋषि धमलाको नाममा चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने एक्टिभ एकेडेमी कलेजको घोषणा

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

काठमाडौं — राजधानीस्थित एक्टिभ एकेडेमी कलेजले पत्रकार ऋषि धमलाको नाममा चार जना गरिब तथा जेहेनदार विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

कलेज प्रशासनले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षामा पहुँच नपाएका तर अध्ययनमा उत्कृष्ट क्षमताका विद्यार्थीलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो।
कलेजका अनुसार छात्रवृत्तिका लागि छनोट गरिने विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका हुनुपर्नेछ भने उनीहरूको शैक्षिक प्रदर्शन समेत उत्कृष्ट हुनुपर्नेछ।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार ऋषि धमलाको योगदानलाई स्मरण गर्दै कलेजले छात्रवृत्तिको नाम उनकै नाममा राखिएको जनाएको छ।
कलेजका प्रतिनिधिहरूका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा र उत्साह थप्नेछ।

छात्रवृत्तिका लागि आवश्यक मापदण्ड, आवेदन प्रक्रिया र अन्तर्वार्ता प्रणालीबारे छिट्टै औपचारिक सूचना प्रकाशित गरिने जानकारी समेत दिइएको छ।

कलेजले भविष्यमा पनि यस्ता सामाजिक अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x