×

प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्दै, ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा नेतृत्व लिने

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्दै छन्। उनी संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४)’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन जान लागेका हुन्।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो सम्मेलन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा आयोजना हुँदैछ। सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्था, वित्तीय र व्यापारिक निकाय, नागरिक समाज र अन्य सरोकारवालाहरूको सहभागीता रहनेछ। नेपालले यस अवसरमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको तर्फबाट वकालत गर्नेछ।

प्रधानमन्त्री ओली शनिबार साँझ ६ बजे कत्तार एयरवेजमार्फत दोहा हुँदै म्याड्रिड प्रस्थान गर्दै छन्। उनी असार १५ गते बिहान म्याड्रिड पुग्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधिमण्डल स्पेन भ्रमणमा सहभागी हुनेछ। टोलीमा सम्बन्धित मन्त्रालयका सचिव, नेपाली राजदूतहरू, प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिवालयका सदस्यलगायत सहभागी छन्।

भ्रमणको मुख्य कार्यक्रमहरू यसप्रकार छन्:

असार १५ गते (सेभिया आगमन)

  • दिउँसो सेभिया पुग्ने

  • नागरिक समाजद्वारा आयोजित सम्मेलन समापन समारोहमा सम्बोधन

  • स्पेनका प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय भेट

  • स्पेनका नरेशद्वारा आयोजित रात्री भोजमा सहभागिता

असार १६ गते

  • उद्घाटन सत्रमा सहभागिता

  • गेट्स फाउन्डेशनको कार्यक्रममा सम्बोधन

  • स्तोनियाका राष्ट्रपति अलार कारिससँग भेट

  • प्रधानमन्त्री ओलीद्वारा सम्मेलनको प्रमुख सम्बोधन

  • इजिप्ट, पोर्चुगलका प्रधानमन्त्री र महासचिव गुटेरेससँग छुट्टाछुट्टै भेट

  • स्पेन सरकारद्वारा आयोजना गरिएको रात्री भोजमा सहभागी

असार १७ गते

  • एलडिसी बैठकको अध्यक्षता र उद्घाटन मन्तव्य

  • ‘वैश्विक ऐक्यवद्धतामा लगानी’ विषयक साइड इभेन्टमा सम्बोधन

  • जलवायु वित्त र सहनशीलता विषयक साइड इभेन्टमा सम्बोधन

  • नेपाल–बुरुण्डीद्वारा आयोजना गरिएको पानी तथा सरसफाइ सत्रमा सम्बोधन

  • अन्तर्राष्ट्रिय विकास सहयोगसम्बन्धी राउण्ड टेबलमा सहभागिता

  • स्पेनस्थित नेपाली दूतावासद्वारा आयोजना गरिएको सांझको भोजमा सहभागिता

असार १८ गते

  • म्याड्रिड फिर्ती

  • ‘नेपाल–स्पेन व्यापार र लगानी प्रवर्द्धन’ कार्यक्रममा सम्बोधन

असार १९ गते

  • रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट

  • सान्तियागो बर्नाबाउ रंगशालाको अवलोकन

  • नेपाली समुदायसँग अन्तर्क्रिया

  • राति १०:४५ बजे दोहा हुँदै स्वदेश प्रस्थान

प्रधानमन्त्री ओली असार २० गते दिउँसो ४:४५ बजे काठमाडौँ अवतरण गर्ने कार्यतालिका रहेको छ।
यो भ्रमण नेपालको आर्थिक, कूटनीतिक तथा विकास साझेदारी सुदृढ गर्न लक्षित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.